बहराइनमा २८५६ सोनाम ल्होछार भव्यताको साथ मनाउने तयारी
याम्बु – बहराइन तामाङ सेवा समाज र नेपाल तामाङ घेदुङ बहराइनको ऎतिहासिक एकता पश्चात् बनेको नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनले आउदो २०२० जनवरी २४ तारिख शुक्रवार बहराइनको राजधानी मानमा स्थित डेलमुन इन्टरनेस्नल होटलको प्रांगणमा मन्जुश्री सम्बत २८५६ औ जिवा(नाम्यु/मुसा बर्ग) सोनाम ल्होछार सांस्कृतिक साँझ-२०२० मनाउने भएको छ।
नेपालबाट तामाङ समुदायको राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रण गरि स्थानीय उत्कृष्ट कलाकारहरुको समेत सहभागी गराइ मनाउने उक्त ल्होछार कार्यक्रम लाई सभ्य तथा भब्य रुपमा सम्पन्न गराउन गत शुक्रबार १८ अक्टोबर २०१९ मा संस्थाको मासिक बैठक द्वारा एक बहादुर बल तामाङको संयोजकत्वमा १३ सदस्यिय २८५६ औ सोनाम ल्होछार मुल आयोजक समिती समेत गठन गरेको छ।
ल्होछार कार्यक्रम लाई मध्यनजर गर्दै अगामी २०२० को जनवरी २४ तारिखको आसपासमा कुनै पनि कार्यक्रमहरु नराखी सहज बाताबरण सृजना गरि दिन हुन समस्त बहराइनबासी संघ संगठनहरुलाई आयोजक नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइन हार्दिक अनुरोध गरेको छ |