इजरायलमा प्रथम ह्योल्मो चलचित्र “मेतोक” प्रदर्शन हुने

तेलअविव – ह्योल्मो भाषा संस्कृति र संस्कारमा आधारित ह्योल्मो समुदायको पहिलो चलचित्र “मेतोक” इजरायलमा प्रदर्शन हुने भएको छ । यहि आउँदो नोवेम्वर १५ तारिख २०१९ शुक्रबार साँझ तेलअविव स्थित लेबंदा ३२ को हलमा गर्न लागेको हो ।
ठिलेन इन्टरटेन्मेन्ट प्रा.लि को प्रस्तुति रहेको प्रेम कथामा आधारित चलचित्र ‘मेतोक’ इजरायलमा कार्यरत ‘सर्किनि ज्याबा ह्योल्मो’को लगानीमा निर्माण भएको चलचित्र हो । पहिलोपटक चलचित्रमा क्षेत्रमा लगानी गरेका ‘सर्किनि ज्याबा ह्योल्मो’ इजरायलमा रहेको ह्योल्मो समुदायको संस्था ह्योल्मो समाज इजरायलको अध्यक्ष पनि हुनुहुन्छ ।
चलचित्रमा नायक तथा निर्देशक ठिलेन ह्योल्मो र नायिका ओमु निमा ह्योल्मो रहेकी छिन् । ह्योल्मो भाषामा रहेको चलचित्र सब टाइटलमा खस नेपाली भाषामा ट्रान्सलेट रहेको निर्मात्री सर्किनि ज्याबा ह्योल्मोले तामाङअनलाइन संग बताउनु भएको छ ।
चलचित्र बिकास बोर्डबाट अनुमति प्राप्त गरि सेन्सर बोर्डबाट पास भई देशबिदेशमा प्रदर्शनको लागि तयार भैसकेको र नेपालमा गरिएको प्रथम शो मा निकै नै उत्कृस्ट रहेको प्रतिक्रिया पाएको चलचित्र हो ।
इजरायलमा चलचित्र प्रदर्शनको लागि ह्योल्मो समाज इजरायलले ब्यबस्थापन गर्न सहयोग गर्ने भएको छ । प्रवासमा रहेरपनि आफ्नो आदिवासि भाषा कला र संस्कृतिलाइ जोगाउन बिभिन्न माध्यम मध्ये चलचित्र निर्माण गरेर पनि उत्थान गर्न सकिने रहेछ भन्ने एउटा उदाहरण स्वरुप यस चलचित्र प्रदर्शन गर्न लागिएको बताएको छ ।
यस चलचित्र आदिवासि ह्योल्मो भाषामा रहेको र यसले आदिवासि जनजातिको गौरव बढाउने छ भन्ने अपेक्षा गरिएको छ । प्रवास भुमिबाट निर्मित चलचित्र मेतोक चलचित्रका टिमलाई हौसल्लाह प्रदान स्वरुप इजरायलमा कार्यरत नेपाली समुदाय र आदिवासि जनजाति संघसंस्थाहरु र अभियान्तहरुलाई गरिमामय उपस्थितको लागि मेतोक टिम इजरायल तथा ह्योल्मो समाज इजरायलले हार्दिक अनुरोध गरेको छ ।