हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

आजदेखि आदिवासी जनजातिको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सुरु ,नेफिन इजरायलबाट प्रतिनिधि सहभागी हुने

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को संयोजनमा नेपालका आदिवासी जनजातिहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आज देखि राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाण्डौंमा सुरु हुने भएको छ । सम्मलेन आज र भोलि गरी दुई दिनसम्म चल्ने छ ।

विभिन्न उद्देश्यले संसारभरका विभिन्न देशहरूमा रहेर पनि नेपाल आदिवासी जनजाति महासंघको झण्डामा गोलबन्द भई नेपालका आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिको आन्दोलनका लागि निरन्तर योगदान गरिरहेको स्मरण गर्दै गराउँदै परिवर्तित सन्दर्भमा संसारभरका नेपाली आदिवासी जनजातिहरूको बीचमा आपसी सम्बन्ध बिस्तार, सुदृढ र सांगठनिक सञ्जालमार्फत जोड्ने जोडिने उद्देश्यले प्रथम आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन नेफिन संघीय परिषद् सचिवालयका सम्पूर्ण पदाधिकारी र सल्लाहकारहरू, नेफिनका पूर्व प्रमुखहरू, नेफिनका आदिवासी जनजातीय संगठनहरू र सम्बन्धन संगठनहरूको तर्फबाट एक÷एक जना महिला र पुरुष गरी दुई जना, नेफिनको प्रदेश समन्वय परिषद्का अध्यक्ष र संयोजकहरू, विदेशस्थित नेफिन सम्बन्धन शाखाहरूको तर्फबाट दुई–दुई जना महिला र पुरुष गरी चार जना र आवश्यक अन्य आदिवासी जनजाति आन्दोलनका व्यक्तित्वहरू प्रतिनिधिको रुपमा सहभागी रहने जनाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलबाट पुर्बउपाध्यक्ष लक्ष्मी योन्जन तामाङ, पुर्ब सल्लाहकारहरु छिरिङ शेर्पा,चन्द्र माया बोम्जन तामाङ र फुर्पा ह्योल्मोले प्रतिनिधित्व जनाउने  महासचिव खुशी घलेले तामाङ अनलाइनलाई जानकारी दिनु भएको छ ।

नेपालक आदिवासी जनजाति आन्दोलनलाई विभिन्न समयमा पुरयाएका, आर्थिक, नैतिक, भौतिकलगायत विविध खाले सहयोग र योगदानको उच्च कदर गर्दै आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन एकअर्काबीच हातेमालोका लागि महासंघले आग्रह गरी सकेको छ ।

२०७६ कार्तिक १ 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution