हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

एनआरएनए प्रतिनिधि छनौटमा धाँधलीको दाबीसहित उजुरी, उम्मेदवारी दर्ता अनिश्चित

याम्बु -गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको दाबीका साथ मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको छ।

निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँधली गरेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन्।

उजुरीमा छानबिन पूरा नहुञ्जेलसम्मका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गरिएको छ। बुधबार संघको निर्वाचन प्रक्रिया सुरु भए पनि मतदाता नामावलीको विषयमा उजुरी परेपछि निर्वाचन हुने नहुनेमै अन्यौल देखिएको छ।

मतदाता नामावलीमा धाँधली भएको दाबीका साथ छानबिनका लागि परराष्ट्र मन्त्रालयमा यसअघि नै उजुरी परिसकेको छ। यसबाट उम्मेदवारी दर्ता अनिश्चित बनेको छ। पुर्व कार्यतालिका अनुसार आजै उम्मेदारी दर्ता र चुनाब गर्ने कार्यक्रम रहेको छ ।

‘संघको राष्ट्रिय महाधिवेशन सञ्चालन नियमावली २०१९ को नियम ३.१, संघद्वारा ३० अगस्ट २०१९ मा जारी सूचनाको बुँदा नम्बर १ तथा संघको ४ अक्टोबर २०१९ मा बसेको निर्णय बमोजिम जारी सूचना नम्बर ५ को बुँदा नम्बर ७ बमोजिम विभिन्न मुलुकबाट प्राप्त प्रतिनिधि तथा मतदाता नामावली, उल्लेखित कानूनी व्यवस्था बमोजिम प्रकाशित नगर्ने, हामीलाई उपलब्ध नगराउने, गोप्य रुपमा प्रतिनिधिको नाम फेरबदल गर्ने, अनाधिकृत व्यक्तिहरुको नाम सिफारिस गर्ने लगायत संघको विधानको बर्खिलाप कार्यहरु त्यस सचिवालयबाट निरन्तर रुपमा भैरहेका छन्,’ उजुरीमा भनिएको छ।

गैरआवासीय नेपालीसम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरि त्यस्तो गैरकानूनी कार्य अबिलम्ब रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयमा मिति २०७६ असोज २७ गते दर्ता नम्वर १५९४ मा निवेदन दर्ता गरिसकेको निवेदनमा उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्रायलबाट विश्व सम्मेलनमा संघको सचिवालयले गरेको कार्यको अनुगमन गरी आवश्यक निर्देशन नआउन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गर्न उनले माग गरेका छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution