हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल–चीनबीच २० बुँदे सम्झौता 

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन दुई देशबीच २० बुँदे सम्झौता भएको छ । ती मध्येको तेस्रो बुँदामा ‘नेपाल र चीनबीच आपराधिक मामिलामा आपसी कानुनी सहयोग सम्बन्धी सन्धि’ भएको समेत जनाइएको छ । सुपुर्दगी सन्धिलाई नै यही नाम दिइने गरेको जानकारहरु बताउँछन् ।

यसबारेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बाह्रखरीसँगको कुराकानीमा सो विषय सुपुर्दगी सन्धी नभएको र कानुनी सहयोगको विषय मात्रै भएको बताएका छन् ।

सो सम्बन्धी विषय चीनका तर्फबाट सन् २००९ मा नेपाललाई प्रस्ताव गरिएको थियो । त्यो सन्धिभित्र के–के राखिएको छ भन्ने कुरा भने खोलिएको छैन । गत जुन महिनामा हङकङको संसदमा पेस गरिएको विधेयकको नाम पनि यससँगै मिल्दो पाइएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा सहमति भएका विषय भनेर तेस्रो बुँदामा सो कुरा पारिएको छ ।

वरिष्ठ अधिवक्ता यदुनाथ खनालले बाह्रखरीसँगको कुराकानीमा घुमाउरो पाराले यो नै सुपुर्दगी सन्धि भएको जनाए । यो सन्धिका कारण विवाद उत्पन्न हुनसक्ने अवस्था भए पनि प्रधानमन्त्रीका सल्लाहकार अर्यालले भने मान्छे नै एकअर्का देशमा पठाउने खालको नभएर कानुनी सहयोग मात्रै गर्ने सन्धि भएको दाबी गरे । त्यसैगरी परराष्ट्र मामिलाका एकजना जानकारले पनि घुमाउरो पारामा सुपुर्दगी सन्धि गरेको बाह्रखरीलाई बताए । उनले भने, “यो नाम जे दिइए पनि सुपुर्दगी सन्धि नै हो ।”

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले पनि दोहोरो अर्थ लाग्ने खालको नभएको बताए । उनले सुपुदर्गी सन्धि नभइ कानुनी सहायता आदान प्रदान सम्बन्धी सन्धि भएको बताए ।

यसबाहेक सहमतिको सातौं बुँदामा नेपाल र चीनबीच सीमापार रेलवेको फिजिविलिटी स्टडी गर्ने बारेमा समझदारी भएको जनाइको छ भने अठारौं बुँदामा अर्थ मन्त्रालय र चीनको इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सीबीच सुरुङ्ग निर्माणमा सहयोग सम्बन्धी समझदारी भएको जनाइएको छ ।

दुई देशबीच सन्धि र समझदारी भएका बुँदाहरुको सूची यस्तो छः

१. सीमा व्यवस्थापन प्रणालीबारेमा समझदारी

२. सुशासन सहयोगमा क्षमता अभिबृद्धि सम्बन्धी सहयोगको आदानप्रदानमा समझदारी

३. आपराधिक मामिलामा आपसी कानुनी सहयोग सम्बन्धी सन्धी

४. सगरमाथा÷चोमोलोङ्गमा संरक्षण संरक्षण सहयोगमा समझादारी

५.लगानी सहयोग र सहयोग परियोजना प्रवद्र्धन सम्बन्धी क्षमता अभिबृद्धिका लागि योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच सहयोग

६.चेङ्गदुमा नेपालको वाणिज्य दूतावास खोल्ने सम्बन्धी पत्रको आदानप्रदान

७. भौतिक पूर्वाधार मन्त्रालय र यातायात चीनको यातायात मन्त्रालयबीच नेपाल र चीनबीच सीमापार रेलवेको फिजिबिलिटी स्टडीको बारेमा समझदारी

८. नेपालको काठमाडौं महानगरपालिका र चीनको नानजिङ सहरबीच भगिनी–सहर सम्बन्ध स्थापना गर्ने सहमति

९. बुटवट उपमहानगरपालिका र सियान सहरबीच भगिनी–सहर सम्बन्ध स्थापना गर्ने सहमति

१०. नेपाल सरकारको स्वास्थ्य र जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिनियाँ औषधी राष्ट्रिय प्रशासनबीच परम्परागत औषधीमा सहकार्य समझदारी

११. नेपालको गृहमन्त्रालय र चीनको विपद व्यवस्थापन मन्त्रालयबीच प्रकोप जोखिम न्यूनीकरण र आपतकालीन उद्धारका विषयमा सहकार्य गर्ने समझदारी

१२. नेपालस्थित महान्यायाधीवक्ताको कार्यालय र जनताको सर्वोच्च अदातलबीच सहकार्य गर्ने समझदारी

१३. नेपालस्थित त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्यूट हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्यूट स्थापना गर्ने सहमति

१४. नेपालको कृषि मन्त्रालय र चीनको सामान्य प्रशासनअन्र्तगतको कर कार्यालयबीच साइट्र फलहरु निर्यात गर्ने

१५. नेपालको उद्योग, वाणिज्य र आपुर्ती मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारका विषयमा संयुक्त कार्यदल स्थापना गर्ने समझदारी

१६. चीनको सहयोगमा भूकम्प निगरानी नेटवर्क प्रोजेक्ट स्वीकार गर्ने

१७. नेपालको अर्थमन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहकार्य कार्यदल गठन गर्ने समझदारी

१८. नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य नियोगबीच सुरुङ निमार्णमा सहकार्य गर्ने समझदारी

१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणका विषयमा पत्र आदानप्रदान

२०. काठमाडौं उपत्यकामा चीनको सहयोगमा पानी आपुर्ती सुधार प्रोजेक्टको फिजीबिलिटी अध्ययनका लागि बैठकको माइन्युट ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution