हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल तामाङ घेदुङ इजरायलले प्रथम अन्तराष्ट्रिय तामाङ ह्वाइखा प्रतियोगिताको आयोजन गर्ने

तेलअविव – नेपाल तामाङ घेदुङ, इजरायलको ऐतिहासिक पाँचौ बार्षिकउत्सब दिवसको पावन अवसरमा तामाङ भाषाको विकास,सम्बर्धन,प्रबर्धन एवं जगेर्नाका लागि योगदान पुगोस् भन्ने मुख्य लक्ष्य र उदेश्यका साथ विश्वव्यापीरुपमा लोप्खाङ (विद्यालय) शिर्षकमा बृहत प्रथम अन्तराष्ट्रिय तामाङ ह्वाइखा (कविता) २०१९ अनलाईन प्रतियोगिता गर्ने भएको छ ।

आउँदो १५ नोभेम्बर २०१९ शुक्रबार साँझ ७ बजे तेलअभिवमा हुन गइरहेको हुँदा उक्त ऐतिहासिक प्रतियोगीतामा स्वदेश तथा विदेशमा रहनु हुने इच्छुक तामाङ साहित्यकार तथा साहित्यप्रेमी सम्पूर्ण महानुभावहरुले भाग सक्ने संस्थाका महासचिव पेमा लामा पाख्रिनले जानकारी दिनु भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नेपाली रुपैयाँ पन्ध्र हजार, द्धितीयलाई दश हजार , तृतीयलाई पाचँ हजार नगद पुरुस्कारको व्यवस्था गरिएको छ । यसिगरि चौथो हुनेलाई सान्त्वना स्वरूप पन्ध्र सय प्रदान गर्ने भएको छ । ह्वाइखा प्रतियोगितामा सहभागी सम्पूर्ण कविहरुहरुलाई प्रमाण पत्र प्रदान गर्ने भएको छ ।

प्रतियोगिताको लागि नेपाल तामाङ घेदुङ, इजरायलका भाषा साहित्य विभाग प्रमुख नानीमाया योन्जन तामाङको संयोजकत्वमा अनुशासन विभाग प्रमुख बी बी लामा तामाङ र तामाङ शैक्षिक अक्षयकोषका विभागीय प्रमुख सुन्दर सिहं लामा तामाङ सदस्य रहने गरि ३ सदस्य समिती बनाएर जिम्मेवारी प्रदान गरेको छ ।

प्रतियोगितामा भाग लिन चाहनुहुने विश्वभरिका इच्छुक तामाङ महानुभावहरुले संस्थाको इमेल र नेपाल तामाङ घेदुङ, इजरायलको फेसबुक इनबक्समा आफ्नो अमुल्य साहित्य रचना तामाङ ह्वाइखा (कविता) पठाउन सक्ने जनाएको छ ।

शीर्षक “लोप्खाङ “(बिद्यालय)

प्रथम अन्तराष्ट्रिय तामाङ ह्वाइखा (कविता) २०१९ नियम तथा शर्तहरु  

१) तामाङ भाषामा लेखिएको व्हाइखा (कविता) अधिकतम १०० शब्द भित्र हुनुपर्नेछ ।

२) प्रतियोगितामा संसार भरिका तामाङ महानुभावहरुले भाग लिन सक्नु हुनेछ ।

३) आफ्नो ह्वाइखा (कविता)संगै पासपोर्ट साइजको एक प्रति फोटो सहित स्थाई ,अस्थाई ठेगाना र सम्पर्क नम्बर पठाउनु पर्नेछ ।

४) ह्वाइखा ( कविता ) नेपाल तामाङ घेदुङ इजरायलको इमेल [email protected] वा नेपाल तामाङ घेदुङ इजरायल इन्बक्समा पठाउनु पर्नेछ ।

५) प्रतियोगितामा भाग लिन इच्छुक महानुभावहरुले आ-आफ्नो ह्वाइखा(कविता) यहि अक्टोबर (२०१९ ) १८ तारीख शनिबार बिहान ७ बजे देखि नोभेम्बर २ तारिख इजरायलको समय बेलुकी १२ बजेसम्ममा प्राप्त भएको ह्वाइखाहरुलाई मात्र समावेश गराइनेछ ।

६) प्राप्त ह्वाइखा (कविता)हरु क्रम्बद्द रुपमा संकलन गरिनेछ ।

७) प्राप्त सबै ह्वाइखा (कविता)हरु संकलन गरि निर्णयको निम्ति सम्बन्धित बिधामा अनुभवी दखल ब्यक्तित्वको तीन सदस्य निर्णायक मण्डल समक्ष पठाइनेछ ।

८) निर्णायक मण्डलले निर्णय गरेको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

# प्रथम उत्कृष्ट बिजेता हासिल गर्ने प्रतियोगिताहरुलाइ सुवर्ण अवसर ।

१) प्रथम हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया = १५,००० ( पन्ध्र हजार )नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

२) दोस्रो हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया १०,००० (दस हजार )नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

३) तेस्रो हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया ५,०००(पाँच हजार ) नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

४) चौथो हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया १५००(पन्ध्र सय)सान्त्वना पुरस्कार र प्रमाणपत्रबाट सम्मान गरिनेछ ।

५) सहभागी प्रतियोगिताहरु सबैलाई प्रशंसापत्रबाट सम्मान गरिनेछ ।

# बिजेताहरुको ह्वाइखा(कविता)लाई कार्यक्रममा वाचन गरी सुनाइने छ ।

बिजेता प्रतियोगिता घोषणा नेपाल तामाङ घेदुङ इजरायलको पाचौं बार्षिकोत्सव कार्यक्रम २०१९ नोभेम्बर १५ तारीख शुक्रबार साँझ घोषणा हुनेछ।

नानीमाया योन्जन तामाङ
प्रमुख – भाषा, साहित्य बिभाग
संयोजक -तामाङ ह्वाइखा प्रतियोगिता (२०१९)
नेपाल तामाङ घेदुङ इजरायल 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution