इजरायलमा बलिहाङ कप २०१९ फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलले ‘एकता र मित्रताको लागि फुटबल’ भन्ने मुल नारा सहित लिम्बु याक्थुङहरुको मौलिक चाड बलिहाङ तङनाम (शुभ दिपावली ) को पावन अवसरमा चौथो संस्करण ‘बलिहाङ कप २०१९ फुटसल प्रतियोगिता’को सम्पूर्ण तयारि पुरा भएको जानकारी संस्थाका अध्यक्ष कुमार आङदेम्बे अबिले तामाङलाइनलाई जानकारी दिनु भएको छ ।
प्रतियोगिताका सबै खेलहरु अक्टोबर ११ तारिख (शुक्रबार) नै सकाउने भएको छ । खेल दिउँसोको साढे चार बाजे सुरु हुने भएको छ ।
प्रतियोगितामा केवाइसि फुटवल क्लब,राइजिंग स्टार फुटवल क्लब ” ए “, राइजिंग स्टार फुटवल क्लब “बि “,कायापलट फुटवल क्लब,माकुरि फुटवल क्लब र दार्जेलिंग युनाइटेड फुटवल क्लबको सहभागी रहेको छ ।
प्रतियोगिताको बिजेता टिमलाई पुरुस्कार स्वरुप ट्रफी , प्रमाण पत्र ,मेडल तथा नगद ३५०० सेकेल , फस्ट रनर अप टिमलाई प्रमाण पत्र ,मेडल तथा नगद १७०० सेकेल,फेयर प्ले टिमलाई ट्रफि प्रमाण पत्र र मेडल रहेको छ ।
प्रतियोगितामा बेस्ट प्लेयरलाई ट्रफी, प्रमाण पत्र र मेडल प्रदान गर्ने भएको छ । हाइ स्कोरर गर्नेलाई ट्रफी ,प्रमाण पत्र ,मेडल र बेस्ट डिफेन्सलाई ट्रफी , प्रमाण पत्र ,मेडल प्रदान गर्ने भएको छ ।
प्रतियोगितामा हरेक खेलबाट एकजना उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याच ट्रफी ,प्रमाण पत्र ,मेडल प्रदान गर्ने भएको छ ।
प्रतियोगिताको लागि आयोजक टिमले फुटसल खेल अन्तर्गत रहेर र खेलमैदानको परिस्थिति अनुसार नियमहरु तयार पारेको र सोहि अन्तर्गत फुटसल प्रतियोगिता हुने बताएको छ ।
१) खेल ५ ए साइड हुने भएकोले ५ जना खेलाडी र २ जना अतिरिक्त्त खेलाडी सहित ७ जना खेलाडी हुनु पर्ने साथै टिम क्याप्टेन र टिम म्यानेजर् गरि जम्मा ९ सदस्यीय टिम रहनु पर्नेछ ।
२)खेल अबधि २० / २० गरि जम्मा ४० मिनेटको खेलाइने छ,र १० मिनेटको रेस्ट टाइम रहने छ ।
३) निर्धातित समयमा कुनै नजिता नआए ३-३ जना बाट पेनाल्टी प्रहार गरि नतिजा निकालिनेछ । यदी पुन : नतिजा नआएमा टस गरि नतिजा निकालिने छ ।
४)सम्पूर्ण टिमका खेलाडी हरुले नम्बर अंकित जर्सी सेट ,फुटसल बुट क्याप्टेनको आर्मबेण्ड र गोलकिपरले ग्लोव्स अनिवार्य लगाउनु पर्ने छ साथै हरेक टिमले आफ्नो क्लबको ब्यानार र बल पनि अनिवार्य ल्याउनु पर्ने छ ।
५)यदी सहभागी टिमको जर्सीको कलर मिल्न गएमा टस गराई आयोजकले उपलब्धि गराइदिएको जर्सी लगाउनु पर्ने छ।
६)गोल किपरले आउट बल प्ले गर्दा सेन्टर लाइन भित्रै प्ले गर्नु पर्नेछ तर गोलकिपरले आउट बल बाहेक अन्य बल प्ले गर्दा सिधै पोल वा आफै अघाडी बढाएर पनि प्रहार गर्न पाउने छ ।
७) बल ले साइड -साइडको फलामे रेलिंग छुए बिपक्षि टिमलाई आउट बल प्रहार गर्न दिईनेछ आउट बल प्रहार गर्दा बललाई भुइँमा राखेर प्रहार गर्नुपर्ने छ ।खेलको दौरान फलामे रेलिंगको साहयता लिएको पाइएमा फल दिइनेछ र बिपक्षि तिम्लाई बल भुइँमा राखेर प्रहार दिईनेछ।
८) सम्पर्ण टिमका खेलाडीहरुले खेल भावानाको कदर गर्दै अनुशासित भइ खेलमा सहभागी हुनुपर्ने छ ।साथै खेल खेल्न अघि र खेल अबधिभरि मादक पदार्थ सेवन गरेको पाईएमा खेलमा समावेश हुन् दीइने छैन ।
९) खेलमा रेफ्रीको निर्णय नै मान्य हुनेछ र कूनै पनि किशिमको बादविवाद भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
१०) खेल अनुशासनहिन या रफ खेलेमा रेफ्रीले परिस्थिति अनुसा पहेलो वा रातो कार्ड दिन सक्ने छ पहेलो कार्डको २० सेकेल र रातो कार्डको ४० सेकेल जरिवाना लाग्ने छ उक्त जरिवाना रकम डिपोजिट रकमबाट काटिने छ ।
११) खेलको दौरान खेलाडीलाई कुनै किसिमको चोटपटक लागे या घाइते भए खेलाडी स्वयंले जिम्वेवारी हुनेछ ।
१२) प्रतियोगितामा सहभागिता जनाउने टिमले टिम दर्ता शुल्क ७०० सेकेल र १०० सेकेल डिपोजिट गरि जम्मा ८०० सेकेल बुझाई आफ्नो टिम दर्ता गर्नु पर्ने छ ।
१३ ) सहभागी टिमले आफ्नो खेलाडीहरुको नामावली अक्टोबर ७ तारिख भित्र आयोजकलाई बुझाइ सक्नु पर्ने छ ।
१४ )प्रतियोगिताको टाईसीट सहभागी प्रत्येक टिमको कोच /म्यानेजर तथा क्याप्टेनहरुको उपस्थितिमा अक्टोबर ११ तारिख खेल मैदानमा दिनको ४ बजे लक्की ड्र मार्फत गरिनेछ ।