हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

चीनको राष्ट्रपति सी चिनफिङको २५ असोजमा नेपाल भ्रमण आउनु हुने

चीनको राष्ट्रपति सी चिनफिङको २५ असोजमा नेपाल भ्रमण आउनु हुन

चीनको परराष्ट्र मन्त्रालयले राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्ने औपचारिक घोषणा गरेको छ।

बुधबार परराष्ट्रमन्त्रालयको ब्लु हलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयीङले राष्ट्रपति सीले ११–१३ अक्टोबरमा नेपाल र भारतको भ्रमण गर्ने घोषणा गरेकी हुन्।

राष्ट्रपति सी २५ असोजमा पहिले नेपाल भ्रमणमा आउने चर्चा भएपनि बेइजिङले बुधबार मात्रै औपचारिक रुपमा मिति घोषणा गरेको हो।

परराष्ट्रमन्त्रालयको ब्लु हलमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रपति सीले शुक्रबारदेखि आइतबारसम्म भारत र नेपाल भ्रमण गर्ने प्रवक्ताले घोषणा गरिन्।

‘राष्ट्रपति सी चिनफिङ भारतको तमिलनाडु राज्यको चेन्नईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक बैठकमा सहभागी हुनेछन् भने नेपालको राजकीय भ्रमण गर्नेछन्’, चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवा चुनयीङले बुधबार बेइजिङमा भनिन्।

राष्ट्रपति सीको भारत भ्रमण राजकीय होइन। चेन्नईमा मोदीसँग अनौपचारिक भेटवार्ता गरी उनी नेपालको राजकीय भ्रमणका लागि काठमाडौं आउने तय भएको हो।

चीनको परराष्ट्र मन्त्रालयका अनुसार चेन्नईमा सी र मोदीबीच दोस्रो पटक अनौपचारिक वार्ता हुन लागेको हो। यसअघि चीनको वुहानमा पहिलो पटक यस्तो वार्ता भएको थियो।

उनले राष्ट्रपति सी कुन मितिमा भारत जाने र नेपाल कहिले आउने उल्लेख गरिनन्। तर सी शुक्रबार बेइजिङबाट भारतको चेन्नई पुग्ने र त्यो एक रात त्यहाँ बिताएर शनिबार अपरान्ह काठमाडौं आउने गरी तयारी भएको स्रोतहरूले जनाएका छन्।

नेपालको परराष्ट्र मन्त्रालयले बुधबार नै विज्ञप्ती जारी गरी राष्ट्रपति सी असोज २५ र २६ गते नेपाल भ्रमणमा आउने जनाएको छ।

राष्ट्रपति सी शनिबार काठमाडौंमा बसेर आइतबार बेइजिङ प्रस्थान गर्नेछन्।

चीनका राष्ट्रपतिले २३ वर्षपछि नेपालको भ्रमण गर्न लागेका हुन्। सी चिनफिङ राष्ट्रपति भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution