हेडलाईन

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो         आज तमु ल्होसार,तमु ह्यल छोंजधिले जुम मार्फत शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         य:मरी पुन्हि अले मतिना पारु         नेकपा प्रवास संगठनका केन्द्रिय ‘अध्यक्ष र सचिव’ प्रचण्ड-नेपाल समुहमा         नेकपा प्रवास संगठन नेताहरु कुन देशबाट को कता ? नामावली सहित        

इजरायलमा आयोजित बलिहाङ कपमा सहभागी टिमको पूर्ण नामावली बुझाउन आव्हान

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलले ‘एकता र मित्रताको लागि फुटबल’ भन्ने मुल नारा सहित लिम्बु याक्थुङहरुको मौलिक चाड  बलिहाङ तङनाम (शुभ दिपावली ) को पावन अवसरमा चौथो संस्करण ‘बलिहाङ कप  २०१९ फुटसल प्रतियोगिता’को लागि सहभागी टिमहरुका टिम म्यानेजर, टिम कोच, टिम क्याप्टेन तथा खेलाडीहरुले ७ अक्टोबर (सोमबार) को दिन सम्ममा आफ्नो ९ सदस्यिय (५+२+२) टिमको नामावली आयोजकलाई बुझाउनु पर्ने अन्तिम समय सिमा तोकिएकोमा इजरायलको काममा आउन सक्ने कठिनाइहरुलाई मध्य नजर गर्दै खेलाडीहरुको नामावली आयोजकलाई बुझाउने अन्तिम  १० अक्टोबर विहिवार साँझ ७:०० बजे सम्म तोकिएको आयोजक समितिले जनाएको छ ।

अक्टोबर १० बिहिवार सम्ममा टिमको नामावली समाबेश भएको खेलाडीले प्रतियोगितामा सहभागि हुन पाउने स्पष्ट रुपमा जानकारी दिएको छ |

टिमको नामावली प्रबिण आङबुङ लिम्बु ,कुमार आङदेम्बे अबि ,सुन्दर  नेपाल र आइन योङया लिम्बुलाई सम्पर्क गरी  बुझाउन आयोजकले अनुरोध गरेको छ |

आउँदो अक्टोबर ११ र १२ तारिख आयोजित बलिहाङ कप २०१९ फुटसल प्रतियोगितामा केवाइसि फुटवल क्लब,राइजिंग स्टार फुटवल क्लब ” ए “, राइजिंग स्टार फुटवल क्लब “बि “,कायापलट फुटवल क्लब,माकुरि फुटवल क्लब,दार्जेलिंग युनाइटेड फुटवल क्लबको सहभागी रहेको छ  ।

बलिहाङ कप २०१९ फुटसल प्रतियोगिताको बिजेता टिमलाई पुरुस्कार स्वरुप ट्रफी , प्रमाण पत्र ,मेडल तथा नगद ३५०० सेकेल राखिएको छ । त्यसैगरी फस्ट रनर अप टिमलाई प्रमाण पत्र ,मेडल तथा नगद १७०० सेकेल,फेयर प्ले टिमलाई ट्रफि प्रमाण पत्र र मेडल प्रदान गर्ने भएको छ ।

प्रतियोगितामा  बेस्ट प्लेयरलाई ट्रफी, प्रमाण पत्र र मेडल प्रदान गर्ने भएको छ । हाइ स्कोरर गर्नेलाई ट्रफी ,प्रमाण पत्र ,मेडल र बेस्ट डिफेन्सलाई   ट्रफी , प्रमाण पत्र ,मेडल रहेको छ ।

प्रतियोगितामा हरेक खेलबाट एकजना उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याच ट्रफी ,प्रमाण पत्र ,मेडल रहेको छ ।

बलिहाङ कप २०१९ फुटसल प्रतियोगिताको लागि आयोजक टिमले फुटसल खेल अन्तर्गत रहेर र  खेलमैदानको परिस्थिति अनुसार नियमहरु तयार पारेको र सोहि अन्तर्गत फुटसल प्रतियोगिता हुने बताएको छ ।

१) खेल ५ ए साइड हुने भएकोले ५ जना खेलाडी र २ जना अतिरिक्त्त खेलाडी सहित ७ जना खेलाडी हुनु पर्ने साथै टिम क्याप्टेन र टिम म्यानेजर् गरि जम्मा ९ सदस्यीय टिम रहनु पर्ने छ ।
२)खेल अबधि २०- -२० गरि जम्मा ४० मिनेटको खेलाइने छ,र १० मिनेटको रेस्ट टाइम रहने छ ।

३) निर्धातित समयमा कुनै नजिता नआए ३-३ जना बाट पेनाल्टी प्रहार गरि नतिजा निकालिनेछ । यदी पुन : नतिजा नआएमा टस गरि नतिजा निकालिने छ ।

४)सम्पूर्ण टिमका खेलाडी हरुले नम्बर अंकित जर्सी सेट ,फुटसल बुट क्याप्टेनको आर्मबेण्ड र गोलकिपरले ग्लोव्स अनिवार्य लगाउनु पर्ने छ साथै हरेक टिमले आफ्नो क्लबको ब्यानार र बल पनि अनिवार्य ल्याउनु पर्नेछ ।

५)यदी सहभागी टिमको जर्सीको कलर मिल्न गएमा टस गराई आयोजकले उपलब्धि गराइदिएको जर्सी लगाउनु पर्नेछ।

६)गोल किपरले आउट बल प्ले गर्दा सेन्टर लाइन भित्रै प्ले गर्नु पर्नेछ तर गोलकिपरले आउट बल बाहेक अन्य बल प्ले गर्दा सिधै पोल वा आफै अघाडी बढाएर पनि प्रहार गर्न पाउने छ ।

७) बलले साइड -साइडको फलामे रेलिंग छुए बिपक्षि टिमलाई आउट बल प्रहार गर्न दिईनेछ आउट बल प्रहार गर्दा बललाई भुइँमा राखेर प्रहार गर्नुपर्ने छ ।खेलको दौरान फलामे रेलिंगको साहयता लिएको पाइएमा फल दिइनेछ र बिपक्षि तिम्लाई बल भुइँमा राखेर प्रहार दिईनेछ।

८) सम्पर्ण टिमका खेलाडीहरुले खेल भावानाको कदर गर्दै अनुशासित भइ खेलमा सहभागी हुनुपर्ने छ ।साथै खेल खेल्न अघि र खेल अबधिभरि मादक पदार्थ सेवन गरेको पाईएमा खेलमा समावेश हुन् दीइने छैन ।

९) खेलमा रेफ्रीको निर्णय नै मान्य हुनेछ र कूनै पनि किशिमको बादविवाद भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

१०) खेल अनुशासनहिन या रफ खेलेमा रेफ्रीले परिस्थिति अनुसा पहेलो वा रातो कार्ड दिन सक्ने छ पहेलो कार्डको २० सेकेल र रातो कार्डको ४० सेकेल जरिवाना लाग्ने छ उक्त जरिवाना रकम डिपोजिट रकमबाट काटिने छ ।

११) खेलको दौरान खेलाडीलाई कुनै किसिमको चोटपटक लागे या घाइते भए खेलाडी स्वयंले जिम्वेवारी हुनेछ ।

१२) प्रतियोगितामा सहभागिता जनाउने टिमले टिम दर्ता शुल्क ७०० सेकेल र १०० सेकेल डिपोजिट गरि जम्मा ८०० सेकेल बुझाई आफ्नो टिम दर्ता गर्नु पर्ने छ ।

१३ )खेलमा सबैलाई समेट्ने तथा धेरै टिमको सहभागीता रहोस भन्ने हेत्तुले टिम दर्ताको लागि अन्तिम मिति अक्टोबर ४ तारिख शुक्रबार सम्म रहनेछ ।

१४ ) सहभागी टिमले आफ्नो खेलाडीहरुको नामावली अक्टोबर १० तारिख भित्र आयोजकलाई बुझाइ सक्नु पर्नेछ ।

१५ )प्रतियोगिताको टाईसीट सहभागी प्रत्येक टिमको कोच /म्यानेजर तथा क्याप्टेनहरुको उपस्थितिमा अक्टोबर ११ तारिख खेल मैदानमा दिनको ४ बजे लक्की ड्र मार्फत गरिनेछ






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution