हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा बलिहाङ कप २०१९ को आयोजन हुदै,माकुरि फुटवल क्लब पहिलोपटक भिड्दै

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलले ‘एकता र मित्रताको लागि फुटबल’ भन्ने मुल नारा सहित लिम्बु याक्थुङहरुको मौलिक चाड  बलिहाङ तङनाम (शुभ दिपावली ) को पावन अवसरमा चौथो संस्करण ‘बलिहाङ कप  २०१९ फुटसल प्रतियोगिता’को आयोजन गर्ने भएको छ ।

बलिहाङ कप २०१९ फुटसल प्रतियोगितामा केवाइसि फुटवल क्लब,राइजिंग स्टार फुटवल क्लब ” ए “, राइजिंग स्टार फुटवल क्लब “बि “,कायापलट फुटवल क्लब,माकुरि फुटवल क्लब,दार्जेलिंग युनाइटेड फुटवल क्लब रहेको आयोजकले बताएको छ ।

बलिहाङ कप २०१९ फुटसल प्रतियोगिताको बिजेता टिमलाई पुरुस्कार स्वरुप ट्रफी , प्रमाण पत्र ,मेडल तथा नगद ३५०० सेकेल राखिएको छ । त्यसैगरी फस्ट रनर अप टिमलाई प्रमाण पत्र ,मेडल तथा नगद १७०० सेकेल,फेयर प्ले टिमलाई ट्रफि प्रमाण पत्र र मेडलको रहेको छ ।

प्रतियोगितामा  बेस्ट प्लेयरलाई ट्रफी, प्रमाण पत्र र मेडल प्रदान गर्ने भएको छ । हाइ स्कोरर गर्नेलाई ट्रफी ,प्रमाण पत्र ,मेडल र बेस्ट डिफेन्सलाई   ट्रफी , प्रमाण पत्र ,मेडल प्रदान गर्ने भएको छ ।

प्रतियोगितामा हरेक खेलबाट एकजना उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याच ट्रफी ,प्रमाण पत्र ,मेडल प्रदान गर्ने भएको छ ।

बलिहाङ कप २०१९ फुटसल प्रतियोगिताको लागि आयोजक टिमले फुटसल खेल अन्तर्गत रहेर र  खेलमैदानको परिस्थिति अनुसार नियमहरु तयार पारेको र सोहि अन्तर्गत फुटसल प्रतियोगिता हुने बताएको छ ।

१) खेल ५ ए साइड हुने भएकोले ५ जना खेलाडी र २ जना अतिरिक्त्त खेलाडी सहित ७ जना खेलाडी हुनु पर्ने साथै टिम क्याप्टेन र टिम म्यानेजर् गरि जम्मा ९ सदस्यीय टिम रहनु पर्ने छ ।

२)खेल अबधि २०- -२० गरि जम्मा ४० मिनेटको खेलाइने छ,र १० मिनेटको रेस्ट टाइम रहने छ ।

३) निर्धातित समयमा कुनै नजिता नआए ३-३ जना बाट पेनाल्टी प्रहार गरि नतिजा निकालिनेछ । यदी पुन : नतिजा नआएमा टस गरि नतिजा निकालिने छ ।

४)सम्पूर्ण टिमका खेलाडी हरुले नम्बर अंकित जर्सी सेट ,फुटसल बुट क्याप्टेनको आर्मबेण्ड र गोलकिपरले ग्लोव्स अनिवार्य लगाउनु पर्ने छ साथै हरेक टिमले आफ्नो क्लबको ब्यानार र बल पनि अनिवार्य ल्याउनु पर्ने छ ।

५)यदी सहभागी टिमको जर्सीको कलर मिल्न गएमा टस गराई आयोजकले उपलब्धि गराइदिएको जर्सी लगाउनु पर्ने छ।

६)गोल किपरले आउट बल प्ले गर्दा सेन्टर लाइन भित्रै प्ले गर्नु पर्नेछ तर गोलकिपरले आउट बल बाहेक अन्य बल प्ले गर्दा सिधै पोल वा आफै अघाडी बढाएर पनि प्रहार गर्न पाउने छ ।

७) बल ले साइड -साइडको फलामे रेलिंग छुए बिपक्षि टिमलाई आउट बल प्रहार गर्न दिईनेछ आउट बल प्रहार गर्दा बललाई भुइँमा राखेर प्रहार गर्नुपर्ने छ ।खेलको दौरान फलामे रेलिंगको साहयता लिएको पाइएमा फल दिइनेछ र बिपक्षि तिम्लाई बल भुइँमा राखेर प्रहार दिईनेछ।

८) सम्पर्ण टिमका खेलाडीहरुले खेल भावानाको कदर गर्दै अनुशासित भइ खेलमा सहभागी हुनुपर्ने छ ।साथै खेल खेल्न अघि र खेल अबधिभरि मादक पदार्थ सेवन गरेको पाईएमा खेलमा समावेश हुन् दीइने छैन ।

९) खेलमा रेफ्रीको निर्णय नै मान्य हुनेछ र कूनै पनि किशिमको बादविवाद भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

१०) खेल अनुशासनहिन या रफ खेलेमा रेफ्रीले परिस्थिति अनुसा पहेलो वा रातो कार्ड दिन सक्ने छ पहेलो कार्डको २० सेकेल र रातो कार्डको ४० सेकेल जरिवाना लाग्ने छ उक्त जरिवाना रकम डिपोजिट रकमबाट काटिने छ ।

११) खेलको दौरान खेलाडीलाई कुनै किसिमको चोटपटक लागे या घाइते भए खेलाडी स्वयंले जिम्वेवारी हुनेछ ।

१२) प्रतियोगितामा सहभागिता जनाउने टिमले टिम दर्ता शुल्क ७०० सेकेल र १०० सेकेल डिपोजिट गरि जम्मा ८०० सेकेल बुझाई आफ्नो टिम दर्ता गर्नु पर्ने छ ।

१३ )खेलमा सबैलाई समेट्ने तथा धेरै टिमको सहभागीता रहोस भन्ने हेत्तुले टिम दर्ताको लागि अन्तिम मिति अक्टोबर ४ तारिख शुक्रबार सम्म रहनेछ ।

१४ ) सहभागी टिमले आफ्नो खेलाडीहरुको नामावली अक्टोबर ७ तारिख भित्र आयोजकलाई बुझाइ सक्नु पर्ने छ ।

१५ )प्रतियोगिताको टाईसीट सहभागी प्रत्येक टिमको कोच /म्यानेजर तथा क्याप्टेनहरुको उपस्थितिमा अक्टोबर ११ तारिख खेल मैदानमा दिनको ४ बजे लक्की ड्र मार्फत गरिनेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution