बहराइनमा दुई तामाङ संस्था बीच ऐतिहासिक एकता

मनामा – मध्य पुर्वी एसिया राष्ट्र बहराइनमा तामाङ जातिको भाषा ,धर्म र सस्कृतिको जगेर्ना गरौ प्रवास भुमिमा भैपरी आउने समस्याहरुमा तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाइ सक्दो सहयोग गरौ भन्ने भावनाले स्थापित तामाङ जातिको दुई भिन्न सस्थाहरु तामाङ सेवा समाज बहराइन (२००९) तथा नेपाल तामाङ घेदुङ बहराइन (२०१८) बिच एकता भएको छ ।
दुई संस्था बीच ऐतिहासिक एकता भएपछि संस्थाको नाम नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइन हुने भएको छ ।