हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन आगामी साता काठमाडौंमा हुदैं

याम्बु – दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन काठमाडौंमा आगामी असोज २६ र २७ गते हुने भएको छ । भृकुटीमण्डप स्थित पुलिस क्लवको सभाहलमा हुने सम्मेलनको औपचारिक उद्घाटन असोज २७ गते उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गर्नेछन् । सम्मेलनमा भारत, भुटान, बर्मा, थाईल्याण्ड, अमेरिका, बेलायत, बेल्जियम, जापान, कोरिया, मलेसिया, हंगकंग, क्यानडा, कतार, साउदी अरब, युएई, बहराइन, ओमन, कुवैत, मकाउ, सिंगापुर, अस्ट्रेलिया, अस्ट्रिया, प्रोचुगल, स्पेन गरेर २७ का करिब पाँच सयजना प्रतिनिधि सहभागी हुने मगर संघले जनाएको छ ।

 

सम्मेलनमा मगरहरु समुदायको भाषा, धर्म, संस्कार-संस्कृति, भेषभुषा, ऐतिहासिक थातथलो, इतिहास सवालमा छलफल हुने आयोजकले जनाएको छ । मगर समुदायको सामाजिक, आर्थिक, शैक्षिक अवस्था र आ-आफ्नो देशको कानूनअनुसार राजनीतिक अधिकारको बारेमा समेत छलफल हुने मगर संघले जनाएको छ ।

नेपाल मगर संघको समन्वयमा हुने सम्मेलनले अन्तर्राष्ट्रिय महासंघको संरचना बनाउने र सोको नेतृत्व चयन गर्ने संघका महाचिव पुनले जानकारी दिए । उनका अनुसार सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गर्नेछ ।

सम्मेलनको तयारीका लागि मगर संघका अध्यक्ष नवीन रोकामगरको संयोजकत्वमा मूल आयोजक समिति, महासचिव ज्ञानेन्द्र पुनमगरको संयोजकत्वमा मूल व्यवस्थापन समिति, रक्षबहादुर रैकामगरको संयोजकत्वमा कार्यक्रम संयोजन समिति गठन गरिएको छ ।

यसैगरी कार्यपत्र तयारी समिति, साँस्कृतिक झाँकी उपसमिति, स्वंयमसेवक व्यवस्थापन उपसमिति, मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उप-समिति, प्रतिनिधि व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति,हल व्यव्स्थापन तथा बन्द सत्र व्यस्थापन उपसमिति, र्याली व्यवस्थापन उपसमिति लगायतका समितिहरु गठन गरिएको संघले जनाएको छ ।

सम्मेलनमा हरेक देशबाट एक महिलासहित पाँचजना, मगर संघ केन्द्रीय समिति संरक्षक सल्लाहकार पदाधिकारीहरु, प्रदेश समितिबाट पाँच÷पाँचजना, जिल्ला भातृ संस्थाबाट दुई-दुई जना, पार्टी सम्बद्ध मगर मोर्चाका संगठनहरुबाट तीन-तीन जना गरेर पाँचसय जनाको सहभागीता हुने आयोजकले जनाएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution