गायक राजु लामाले एसिड आक्रमणमा परेकी मुस्कानलाई भेटेर साठी हजार सह्योग

काठमाण्डौ । एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेट्नका लागी गायक राजु लामा दोस्रोपटक अस्पतालमा पुगेका छन । उनी अस्पताल पुग्दा मुस्कान अस्पतालको शैयामा थिइन । उनले त्यहाँ पुगेर मुस्कानको अनुहार खुसी ल्याउने प्रयत्न गरेका छन । किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी उनलाई गायक लामाले पहिलो भेटमा तिमिलाई देखेर हिमाल हाँसेको नामक गीत गाएर सुनाएका थिए भने योपटक सहयोग रकम पनि दिएकन छन् ।
गायक राजु लामा र किरण नगर कोटिले मुस्कानको शिक्षा कोषको लागि ६०,००० हजार सहयोग गरेका हुन |
वीरगंज महानगरपालिकाकी १४ वर्षीया उनलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले एसिड प्रहार गरेका थिए । अहिले मुस्कानलाई बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेननले समेत भिडियोमा सम्पर्क गरेर तथा भिडियो मार्फत छिट्टै स्वास्थ्य लाभको कामना गरेका छन । उनीमाथी एसिड प्रहार गर्ने युवकलाई प्रहरी हिरासतमा राखिएको छ र उनीमाथी ज्यान मुद्धा लगाइएको छ । उनले गत महिना मुस्कानमाथी एसिड प्रहार गरेका थिए ।