इजरायलमा बौद्ध धर्मअनुसार मणिजप पूजा गर्ने

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजना साथै महासंघमा आवद्ध ८ वटा राष्ट्रिय समुदायहरुको सहकार्यमा मणिजप पूजा गर्ने भएको छ ।
बौद्ध धर्म र परम्परा अनुसार समस्त प्राणी जगतको मृतक आत्माहरुको चिरशान्ति तथा परम लोकमा पुन:जन्म लिन सकोस र जीवित प्राणीहरुको कल्याण एवमं विश्व शान्तिको लागि धर्मगुरु लामा थुप्तेन योञ्जन तामाङ द्धारा मणिजप, ङोवा, मोन्लम , धार्मिक प्रवचन तथा छोकफुल कार्यक्रम सहित पूजा गर्न लागेको हो ।
उक्त कार्यक्रममा सहभागी भई मणिजप तथा (क्षुमे ) बत्ती बालिदिनु हुनको निमित्त इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा उपस्थितको लागि आयोजक द्वारा हार्दिक अनुरोध सहित निमन्त्रणा गरेको छ ।