हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

रोशनी शाहीको दाम्पत्य सम्बन्ध बिच्छेद

याम्बु  – निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर पनि आफ्नो बयान फेर्दै महरालाई ‘पिता समान’ भनेकी रोशनी शाहीको दाम्पत्य जीवन टुटेको छ ।

उनका पति चित्रजंग शाहीले बिहीबार फेसबुकमा रोशनी र आफ्नो हस्ताक्षरसहितको हस्तलिखित विवरणमार्फत दाम्पत्य जीवन तोडिएको जानकारी गराएका हुन् ।

‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं । धन्यवाद शुभचिन्तकहरुमा,’ फेसबुकमा उनले लेखेका छन् ।

चित्रबहादुर र रोशनीको हस्ताक्षर रहेको लिखितपत्रमा भनिएको छ, ‘थुप्रै उतारचढावबीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापि खुसीसाथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ ।’

रोशनीले गत आइतबार तत्कालिन सभामुख कृष्णबहादुर महरा आफ्नो कोठामा आएर आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनको भिडियो अन्तरवार्ता सोमबार सार्वजनिक भएको थियो । सोमबार नै महराले सभामुख पदबाट राजीनामा दिएका थिए । मंगलबार भने रोशनीले बयान फेर्दै अर्को अन्तरवार्ता दिइन्, जसमा महरा आफ्नो पिता समान रहेको उनले बताएकी छिन् । उनले महराबाट आफूलाई दुर्व्यवहार नभएको पनि सो भिडियोमा बताएकी छिन् ।

एक्कासी चित्रजंगले बिहीबार रोशनीसँगको दाम्पत्य जीवन अन्त्य भएको जानकारी दिएका हुन् । उनीहरुबीचको दाम्पत्य जीवन अन्त्य हुनुमा महरा संलग्न भनिएको यौन दुर्व्यवहार काण्ड नै प्रमुख कारक मानिएको छ ।

२०७६  असोज १६ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution