हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

जापान जान केयरगिभरको लागि आवेदन दिने सबैले छनोट परीक्षामा सहभागी हुन नपाउने

पहिलो चरणमा नेपालबाट जापान लैजाने भनिएका नर्सिङ केअरगिभर अर्थात् स्वास्थ्य सहयोगी छनोट परीक्षामा एक हजार जनालाई मात्र सहभागी गराउन सकिने जानकारी जापानबाट पाएको अधिकारीहरूले बताएका छन्।

बेवसाइटमार्फत् आवेदन भर्नेहरूको सङ्ख्या धेरै हुने भएकाले परीक्षामा सहभागी हुने आवेदकको सङ्ख्या पनि बढाउन आग्रह गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

तर त्यसको उत्तर प्राप्त भइनसकेको अधिकारीहरूको भनाइ छ। दुई देशबीच भएको सम्झौताअनुरूप अन्य १३ वटा क्षेत्रमा पनि कामदार लैजाने प्रक्रिया सुरु गर्न नेपालका तर्फबाट पत्राचार गरिएको बताइएको छ।

दक्षिण कोरियापछि नेपाली कामदारका लागि दोस्रो आकर्षक देशका रूपमा जापानको रोजगारीलाई लिइएको छ। दुई देशबीच भएको सम्झौताअनुरूप पहिलो चरणमा स्वास्थ्य सहयोगीका लागि अन्लाइन आवेदन लिने काम भइरहेको छ।

तर सबै आवेदकले परीक्षा दिन नपाउने देखिएको छ।

छनोटका लागि सीमित आवेदकको मात्र परीक्षा लिइने जानकारी जापान सरकारले नेपाल सरकारलाई गराएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार समन्वय महाशाखा प्रमुख उमेश ढुङ्गानाले बताए।

उनी भन्छन्, “फारम भर्ने सबैले परीक्षा दिन पाउने अवस्था अब छैन। उनीहरूले लगभग एक हजार जना भनेका छन्। हामीले नेपालमा आकाङ्क्षी धेरै छन्, त्यही भएर त्यो सङ्ख्या बढाउनुपर्छ भनेर जापानी पक्षलाई भनेका छौँ। त्यसको जबाफ आइसकेको छैन।”

तर एक वर्षभित्र थप केही पटक परीक्षा लिने सहमति रहेकाले दर्खास्त दिएकाहरूले भावी दिनमा मौका पाउन सक्ने बताइन्छ।

कामदार छनोटका लागि जापानी भाषा र सीप मूल्याङ्कन गरी दुई प्रकार परीक्षा हुनेछन्। कार्तिक १० गतेदेखि भाषा र कार्तिक २१ गतेदेखि सीपसम्बन्धी परीक्षा हुने बताइएको छ।

जापानले स्वास्थ्य सहयोगीबाहेक कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ सेवा, सवारीसाधन मर्मत र सम्भार, निर्माण उद्योगसहित १३ वटा क्षेत्रमा कामदार लैजाने जनाएको छ।

उनी भन्छन्, “यसबारेमा हामीले उनीहरूसँग विभिन्न बैठकमा कुरा उठाएका छौँ र पत्राचार पनि गरिरहेका छौँ। अन्य क्षेत्रहरू पनि खुला गर्न हामीले भनिरहेकोमा उताबाट थप जबाफ आइसकेको छैन।”

पाँच वर्षमा ११ वटा देशबाट तीन लाख ५० हजार विदेशी कामदार जापानले भित्र्याउने उद्देश्य राखेको छ।

तर स्वास्थ्य सहयोगी परीक्षाका लागि नेपालका लागि तोकिएको सङ्ख्या हेर्दा अपेक्षाअनुरुप नेपालले लाभ लिन सक्ने अवस्था नदेखिएको जानकारहरू बताउँछन्  @  बीसीनेपाली






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution