तामाङ डाजाङको अध्यक्षतामा फुलकुमार बम्जन निर्वाचित
याम्बु : तामाङ साहित्यिक संस्था तामाङ डाजाङको अध्यक्षमा फुलकुमार बम्जन निर्वाचित भएका छ। नेपाल तामाङ घेदुङको कार्यालय चुच्चेपाटि चाबाहिलमा शनिबार सम्पन्न दशौं महाधिवेसनमा अर्का प्रत्यासि नेत्र तामाङलाई पराजित गर्दै अत्याधिक मतले बम्जन निर्वाचित भएका हुन्।
कार्यसमितिका अन्य पदाधिकारि र सदस्यहरू भने सबै निर्विरोध चयन भएका छन्। उपाध्यक्षमा मणिकलाल घिसिङ, सचिवमा निकिता लामा, सह–सचिवमा साम्देन दोङ, कोषाध्यक्षमा फुलमाया लामा ‘प्रयत्ना’ चयन भए। यस्तै सदस्यमा दाम्जेदोर्जे मोक्तान, हिरामाया घिसिङ, शान्ति लामा, वाङ्छु पासाङ तामाङ, तेज योन्जन, इश्वार थोकर, कविराज तामाङ, स्वयम्बरसिंह लामा, रचना मोक्तान, हिरामाया घिसिङ कुसुम, मानकाजि पाख्रिन रहेका छन्।
निर्वाचित भएसँगै डाजाङका नवनिर्वाचित अध्यक्ष बम्जनले तामाङ साहित्यको क्षेत्रमा तामाङ डाजाङले गर्दै आएको कामलाई निरन्तरता दिँदै थप योजनाबद्ध ढगले काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । तामाङ डाजाङको १० औं अधिवेशन भदौं २८ गते शुरु गरिएको भए पनि २ हप्ता स्थागित गरि शनिबार निर्वाचन सम्पन्न गरेको हो।
असोज ११, २०७६