हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा म्ह:पूजा नेपाल सम्बत ११४० भव्यताको साथ मनाउने तयारी

तेलअविव – राष्ट्रिय नेवा:खल इजरायलको आयोजनामा नेपालको राष्ट्रिय सम्बत म्ह:पूजा नेपाल सम्बत ११४० भव्यताको साथ मनाउने तयारी गरेको छ । नयाँ बर्षको पहिलो दिन कछला १ म्ह: पुजा पर्ब भए पनि इजरायलवासी नेपालीहरुको छुटीको दिन नोभेनम्बर १ तारिख शुक्रबार एभरेस्ट डिस्को हल तेलअविवमा म्ह:पूजा नेपाल सम्बत ११४० मनाउन लागेको हो ।
म्ह:पूजा नेपाल सम्बत कार्यक्रमको लागि नेपालबाट सुप्रसिद्ध राष्ट्रिय गायिका सरिता साही आउनु हुने भएको छ । सांगेतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।
म्ह:पूजा नेपाल सम्बत अनुसारको नयाँ वर्षको सुरुवात कार्तिक शुक्लपक्ष प्रतिवदाको दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बाैद्ध दुवै समुदायका नेवारहरूले  आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रुपमा एकै ठाउँमा बसी आफैलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नाे पूजा गरिन्छ । म्हःपूजा हिन्दु तथा बाैद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्हःपूजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पूजा अघि सारी आफ्नो आफै पूजा गर्न लगाइन्छ । आफ्नाे प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफुलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय बनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस म्हःपूजालाई आफ्नो माैलिक पहिचानका रूपमा मनाउने गरिन्छ ।
यस पूजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुईमा ढुंगाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल वनाइन्छ । यस वाहेक सबै भन्दा माथि एक र सवैभन्दा मुनि एक गरी दुईवटा थप मण्डल देवताका लागि वनाइन्छ । यस वाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचाेको लागि पनि मण्डल वनाइन्छ । मण्डललाई रँगहरू प्रयाेग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) आदि सामग्रीहरूले सजाइन्छ ।
परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी वस्दछ । परिवारकाे सवैभन्दा जेठी आ माले शुरूमा सूर्य रूपी सुकुण्डालाई  पूजा गरी सवै मण्डलहरू पूजा गर्दछ । तत् पश्चात् सबैलाई  ‘धाै सगँ’ दहिको सगुन दिइन्छ । त्यसपछि सवैले लामो कपडाको वत्ती (खेलु इताः) मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पूजा गरी जेठी  आमाले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती सवैको हातहातमा दिइन्छ र सवै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।

यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिई  भातको जाँड तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचाैरा भुईमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने आमालाई यथाश्रद्धा दक्षिणा दिइन्छ ।

म्हःपूजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ ।

कार्यक्रममा भाग्यशाली चिट्ठा समेतको मनोरंजनात्मक कार्यक्रम हुन गईरहेको हुँदा इजरायलवासी सम्पूर्ण नेपालीहरूमा उपस्थितको लागि राष्ट्रिय नेवा:खल इजरायलले हार्दिक अनुरोध गरेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution