इजरायलमा संबिधान दिवस:कालो दिनको रुपमा मनाइयो

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा तेलअविव इजरायलमा संबिधान जारी भएको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाएको छ |
नेपालको विभेदकारी संबिधान जारी भएको असोज ३ का दिन हिजो मिति बिक्रम संवत् २०७६ असोज ३ गते / ईस्वी संवत् सेप्टेम्बर २० तारिख २०१९ शुक्रबार यस दिनलाई कालो दिनको रुपमा प्रतिगामी संबिधान मान्दैनौं र विभेदकारी संबिधानलाई संशोधन मर्फत उत्पीडनमा पारिएका आदिवासी जनजातिहरु लगायत मधेसी , मुस्लिम , दलित , महिला , अपंगताहरुको हक अधिकार र पहिचान सुनिश्चितता गर भन्ने मुल नाराको प्लेकार्ड सहित विभेदकारी संबिधानको बिरोध गर्दै असोज ३ लाई कालो दिनको रुपमा मनाएको हो |
कार्यक्रममा महासंघ इजरायलको अध्यक्ष तारा काउचा मगर,संस्थापक अध्यक्ष तेन्जिन शेर्पा ,पुर्व अध्यक्षहरु, सल्लाहकारहरु,महासंघमा आवाद्ध जातीय संस्थाका अध्यक्षहरु लगायत संबिधानलाई बिरोध जनाउने नेपालीहरुको सहभागिता रहेको थियो |