हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

गीतकार कादम्बरी दाना श्रेष्ठको गित ‘झुम झुम’ बोलको म्युजिक भिडियो सार्वजनिक

नेपाल आइडल सिजन एकका निकै रुचाईएका प्रतिष्पर्धी मध्य सागर आलेको नामपनि धेरै आउने गर्छ । दर्शक र जजको अत्यधिक माया पाउदापाउदैपनि आले ‘टप ४ ’ बाट बाहिरिए ।

चितवनको नारायणगढका आले आइडलबार बाहिरिएपनि उनको क्रेज अलिकति पनि कम भएन अझैँ बढ्यो ।देश लगाय बिदेशमा बिभिन्न सांगेतिक कार्यक्रममा ब्यस्त भैरहने गायक आले पछिल्लो समय युवापुस्ताको रुचिमा पर्न सफल भएका छन् । नेपालभन्दा बढि बिदेशमा ब्यस्त रहने गायक आलेले जतिपनि गीत बजारमा ल्याउछन् सबै उत्तिकै रुचाईएका र मन पराईएका छन् । गायक आलेले भर्खरै मात्रै आधुनिक गीत ‘झुमभुम’ बजारमा ल्याएका छन् । गायक आलेसंगै गायिका मेलिना राईको आवाज रहेको उक्त गीतमा मृतआत्मासंग कल्पनामा रमाएर झुमेको भावलाई समेटिएको छ ।

उक्त झुमझुम गीतमा कादम्बरी दाना श्रेष्ठको शब्द रहेको छ भने शंकर थापा स्माईलको संगीत रहेको छ । नेपाली सांगीतिक गगनमा ‘गीतकार कादम्बरी दाना श्रेष्ठ’ चर्चित नभए पनि अब अपरिचित चै रहेन । गीतकारको रुपमा आफ्नु शब्द शिल्पीद्वारा पहिलो एल्बम ”सुशान्त ” मार्फत नेपाली सांगीतिक संसारमा पाइला सारेकी कादम्बरीले एक बर्ष अघि आफ्नु दोश्रो एल्बम ”कादम्बरी कुन्ज” लिएर आइन जसमा शंकर थापाको एकल संगीत र उदयराज पौडेलको एकल संगीत संयोजन रहेको छ । मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शंकर थापा स्माईलको स्वर रहेको यो एल्बममा ६ वटा गीत समावेसहरु छन ।

इजरायलवासी नेपालीहरु बीच अति नै चिरपरिचित नाम हो ”गीतकार कादम्बरी दाना श्रेष्ठ” । अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्ष समेत रहेकी श्रेष्ठ बैदेशिक रोजगारीको सिलसिलामा बिगत लामोसमय देखि इजरायलमै रहेर पनि नेपाली कला क्षेत्रमा के कसरी योगदान गर्न सकिन्छ भन्दै आफ्नु तर्फबाट गीतगजलको श्रीजना गर्दै नेपाली कला क्षेत्रलाई धनी बनाउन लागिपरेकी उदयीमान सर्जंकमा पर्छिन ”गीतकार कादम्बरी दाना श्रेष्ठ”।

अघिल्लो म्युजिक भिडियो झैँ कादम्योबरी कुन्ज भित्र रहेको यो गीतको म्युजिक भिडियोलाई पनि दर्सक श्रोताले मन पराईदिनेमा कादम्बरी बिश्वस्त रहेको बताएकि छिन् ।

गीतको म्युजिक भिडियोमा एलिशा शर्मा र सुनिल क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।

साभार स्वदेश नेपाल डट कम






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution