इजरायलमा साहित्यिक पत्रिका ‘आकांक्षा’ को विमोचन सफलतापुर्वक सम्पन्न

तेलअविव – इजरायल गोर्खा एसोसिएसनले साहित्यिक पत्रिका ‘आकांक्षा’ को गत हप्ता सेप्टेम्बर १३ तारिख शुक्रबारको दिन तेलअविवमा सफलतापुर्वक विमोचन सम्पन्न गरेको छ ।
इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष किशोर चौहनको सभापतित्वमा भएको विमोचन कार्यक्रममा प्रमुख अतिथि अनेसास इजरायलका अध्यक्ष निशा अर्याल रहेका थिए ।
कार्यक्रममा ‘आकांक्षा’ पत्रिकाका सहसम्पादक बिध्या थापा मगरले उपस्थित सम्पूर्ण महानुभावहरुलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेकी थिईन् ।
कार्यक्रमका सभापति किशोर चौहन,प्रमुख अतिथि निशा अर्याल,सम्पादक मण्डल लगायत अतिथिहरुले एकसाथ ‘आकांक्षा’ पत्रिकाका बिमोचन गरेका थिए ।
बिमोचन भएको पत्रिका “आकांक्षा” नेपाली साहित्य जगतले गत बर्षकै मार्च महिनामा गुमाएका नेपाली साहित्यका अमुल्य रत्न डा इन्द्रबहादुर राईप्रति समर्पित रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि निशा अर्यालले ‘आकांक्षा’ पत्रिकाको समिक्षा गरेकी थिईन् भने प्रधान सम्पादक पासाङ शेर्पा ठात्तोकले पत्रिका प्रकाशन सम्बन्धि आफुहरुले गरेको प्रयास र सफलताबारे बताउनु भएको थियो ।
कार्यक्रममा इजरायल गोर्खा एसोसिएसनले ‘आकांक्षा’ पत्रिका सम्पादक मण्डल लगायत विभिन्न क्षेत्रबाट सहयोग पुरयाउनु भएका महानुभावहरुलाई सम्मान गरेका थिए ।
बिमोचन भएको “आकांक्षा” पत्रिकाको प्रधान सम्पादकमा पासाङ शेर्पा ठात्तोक ,सहसम्पादकहरुमा ग्रेसी राई थुलुङ,सुसान्त राई र बिध्या थापा मगर रहेका छन् ।
पत्रिकामा विभिन्न लेखक-लेखिकाहरुको जम्मा ५० वटा लेखहरु समावेश गरिएको छ। जसमा राजनैतिक समालोचना,कथा,कविता निबन्ध र २ वटा अंग्रेजी लेखहरु समावेश रहेका छन्।
इजरायलमा कार्यरत दार्जिलिङ सिक्किम लगायत नेपाल र अन्य बिदेशमा रहेका सर्जकहरुको लेखहरु रहेको छ ।
फोटो – देव बास्कोट