हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

एनआरएनए इजरायलको छैटौ अधिवेशनमा निर्वाचित कार्यसमितिको घोषणा सभा सम्पन्न

तेलअविव – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको छैटौ राष्ट्रिय अधिवेशनको लागि तोकिएको दिन १४ सेप्टेम्बर (शनिबार)को दिन निर्वाचित समितिले 2019 – 2021 कार्यकालको लागि निर्बिरोध निर्वाचित कार्यसमितिका पदाधिकारीको औपचारिक घोषणा गरेको छ ।

निर्वाचन समितिले घोषणा सभा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको कार्यालय तेलअविवमा घोषणा सभा मार्फत औपचारिक घोषणा  गरेको हो । अधिवेसन आगाबै  निर्वाचन समितिले उम्मेदार दर्ताको लागि आव्हान गरेको समय सिमा भित्र कुनै पनि पदहरुमा दोहोरो उम्मेदारी नपरेको हुँदा निवर्तमान अध्यक्ष शान्ता अधिकारी ज्ञवालीको नेतृत्वमा सम्पूर्ण पदहरुमा निर्बिरोध निर्वाचित भएका थिए ।

निर्बिरोध निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष शान्ति ज्ञवाली अधिकारी ,बरिष्ठ उपाध्यक्ष गणेश गिरि, उपाध्यक्ष निलम गिरि, महिला उपाध्यक्ष माला गोले तामाङ ,महासचिव  श्रीकृष्ण भण्डारी ,सचिव ( ……………….) सहसचिव भरत बहादुर थापा ,कोषाध्यक्ष सुनीता भट्टराई र सहकोषाध्यक्ष अलि महमद मिया रहेका छन् ।

त्यसैगरी महिला प्रतिनिधि – सुष्मा शाही (सुमी) र पुरुष प्रतिनिधि डी बी बुढाथोकी , सदस्यहरुमा अर्पना कुमारी चौधरी ,राधा बास्तोला ,सिन्धु पौडेल र सावित्री देवी सुनुवार रहेका छन् ।

यसैगरी अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी सदस्य (इजरायल) मा विशाल ज्ञवाली निर्बिरोध निर्वाचित भएको  थियो ।

घोषणा सभामा निर्वाचन समितिका सदस्य बी बी लामा तामाङले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रम संचालन गरेका थिए भने सचिव खगेश्वर अधिकारीले निर्वाचित पदाधिकारीहरुलाई पदीय प्रमाण पत्र हस्तान्तरण गर्नुको साथै सपथ ग्रहण गरेका थिए ।

छैटौ अधिवेशनबाट निर्वाचित अध्यक्ष शान्ता अधिकारी ज्ञवालीले यथासिघ्र एक औपचारिक कार्यक्रम गर्ने बताउनु भएको छ ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution