हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

विश्वकै ठूलो साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा ड्रोन हमला, उत्पादन ५०% कटौती

काठमाडौं : साउदी अरेबियाले एक महत्वूर्ण तेल प्रशोधन केन्द्र बन्द गरेको छ । पेट्रोलियम उत्पादनमा विश्वकै ५% हिस्सा ओग्टने खुरैस ओयलफिल्डमा ड्रोन आक्रमण भएपछि बन्द गरिएको हो । यो विश्वकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो । यस आक्रमणसँगै साउदीको ५०% तेल उत्पादन कटौती भएको छ । आक्रमणको जिम्मेवारी यमनको विद्रोही संगठन हौथी रिवेल्सले लिएको छ । विश्व बजारमा पनि दैनिक ५% आपूर्ति घटेको छ ।

कतिपय विश्लेषकहरुले आपूर्ति घटेकाले बजार भाउ समेत प्रभावित हुन सक्ने आँंकलन गरेका छन् । यस तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ड्रोन हमला गरिएको थियो । यस केन्द्रबाट दैनिक ५७ लाख ब्यारेल पेट्रोलियम पदार्थ उत्पादन हुँदै आएको थियो । पछिल्लो एक तथ्यांकका अनुसार साउदी अरेबियाले यस प्लान्टबाट प्रतिदिन औसतमा ९८ लाख ५० हजार ब्यारेल तेल उत्पादन गर्दथ्यो ।

यो हमलाले ग्यास उत्पादन समेत असर परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आक्रमणमा मानवीय क्षति भने भएको छैन । हमलापछि कम्पनीमा ठूलो मात्रामा भौतिक क्षति भएको छ । घटनलाई तत्कालै नियन्त्रणमा लिन सफल भएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

आक्रमणकारी संगठन हौथी रिवेल्स्ले साउदी अरेबियामा भएको यो अहिलेसम्मकै ठूला आक्रमण भएको दाबी गरेको छ । साउदी अरेबियाले आगामी दिनमा अझै ठूला आक्रमण सामना गर्नुपर्ने चेतावनी समेत आक्रमणकारीले दिएका छन् । यस हमलामा १० वटा ड्रोन प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटना लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सल्मानसँग टेलिफोन कुराकारी गरेका छन् । घटना निन्दनीय रहेको बताउँदै अमेरिका साउदीलाई आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । लाइपो आयल एसोसिएट्सका अध्यक्ष एन्ड्रयु लाइपोले यस काण्डपछि तेलको मूल्य प्रतिब्यारेल ५ देखि १० डलर सम्म बढ्न सक्ने उल्लेख गरेका छन ।

लाइपोका अनुसार साउदीबाट प्रतिदिन ४० लाख ब्यारेल पेट्रोलियम पदार्थ एसिया प्रान्त क्षेत्रमा निर्यात हुने गरेको छ । अमेरिकामा पनि ६ लाख ब्यारेल निर्यात हुन्छ । साउदीबाट चीन र जापान पनि ठूलो मात्रामा पेट्रोलियम पदार्थ निर्यात हुने गर्छ ।

एजेन्सीहरुको सहयोगमा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution