एप्पलले गर्यो नयाँ मोडलको आइफोन लन्च : के छ मुख्य आकर्षण ?

काठमाडौं : एप्पलले नयाँ आइफोन सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गरेर कम्पनीले अत्याधुनिक फोन सार्वजनिक गरेको हो । एप्पलको मुख्यालय क्यालिफोर्नियामा एप्पलका सीइओ टिम कुकले नयाँ फोन सार्वजनिक गरेका हुन् । कम्पनीले आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स सार्वजनिक गरेको हो । आइफोन ११ को सुरुवाती मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ ।
यो गत वर्षको आइफोन एक्सआर कै मूल्य बराबरको हो । यस्तै, आइफोन ११ प्रो को मूल्य ९९९ डलर छ भने आइफोन ११ प्रो म्याक्सको मूल्य १०९९ डलर पर्छ । कम्पनीले नयाँ आइफोनको डिजाइनमा खासै परिवर्तन गरेको छैन । यसपालिको फोनमा क्यामेरा र ब्याट्रीमा बढी प्राथमिकता दिइएको छ । आइफोन प्रो भन्दा आइफोन प्रो म्याक्स ४ घण्टा बढी चार्ज टिक्नेछ । तीनवटै फोनमा १२ मेगापिक्सेलको क्यामेरा जोडिएको छ । सबै मोडलमा पछिल्लो संस्करण आइओएस १३ प्रयोग भएको छ ।
आइफोन ११ प्रो र प्रो म्याक्सका विषेशताहरु
– आइफोन ११ प्रोको ५.८ इन्च डिस्प्ले र प्रो म्याक्सको ६.५ इन्च डिस्प्ले ।
– सुपर रेटिना डिस्प्ले ।
– ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज क्षमता ।
– फोर एक्स अप्टिकल जुम रहेको ३ वटा रियर क्यामेरा ।
– गत वर्षको मोडलभन्दा प्रोमा ४ घन्टा र प्रो म्याक्समा ५ घन्टा बढी ब्याट्री टिक्न सक्ने क्षमता ।
– फेस आइडी लक अझै छिटो खुल्ने ।
– वाइफाइ ६ सर्पोट गर्दछ । तर ५ जी भने छैन् ।
– अगाडि र पछाडि दुवै तर्फबाट ४ के भिडियो खिच्न सकिने। अगाडिको क्यामेराबाट पनि स्लो मोसन भिडियो खिच्न सकिने ।
– नयाँ पोट्रेट लाइटिङ इफेक्ट ।
– आइओएस १३ ।
– छिटो चार्ज हुने ।
– ४ वटा कलरमा उपलब्ध : मिड् नाइट ग्रीन, स्पेस ग्रे, सिल्भर र गोल्ड ।
– आइफोन ११ प्रो सुरुवाती मूल्य ९९९ डलर ।
– आइफोन ११ प्रो म्याक्स सुरु मूल्य १०९९ डलर ।
आइफोन ११ का विशेषताहरु :
– ६ वटा कलर : कालो, सेतो, पँहेलो, पर्पल, हरियो र रातो
– ए १३ बायोनिक चिप ।
– ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज क्षेमता ।
– आइफोन एक्स आर भन्दा १ घन्टा बढि ब्यट्रि क्षेमता
– फेस लक छिटो खुल्ने ।
– बाइफाइ ६ सर्पोट गर्छ तर ५ जी छैन ।
– १२ मेगा पिक्सेलका २ वटा क्यामेरा (पछाडि) ।
– क्यामेरामा नाइट मोड सुविधा ।
– टु एक्स अप्टिकल जुम ।
– १२ मेगापिक्सलको फ्रन्ट क्यामेरा ।
– अगाडि र पछाडिबाट ४ के भिडियो खिच्न सकिने । अगाडिको क्यामेराबाट पनि स्लो मोसन भिडियो खिच्न सकिने ।
– आइओएस १३ ।
– सुरुवाती मूल्य ६९९ डलर ।
(एजेन्सीहरुको सहयोग)