शान्ति ज्ञवाली अधिकारी एनआरएनए इजरायलको अध्यक्षमा निर्विरोध निर्वाचित

तेलअविव – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) इजरायलको नयाँ कार्यसमितिको अध्यक्षमा शान्ति ज्ञवाली अधिकारी निर्विरोध निर्वाचित भएकी छिन् ।
संघको छैटौ राष्ट्रिय अधिवेशनको लागि अध्यक्ष लगायत अन्य पदहरुमा दोहोरो उम्मेदारी दर्ता नपरेकोले अधिकारीको नेतृत्वमा अध्यक्ष सहित नयाँ कार्यसमितिको सम्पूर्ण पदहरुमा एकलौटी निर्बिरोध निर्वाचित भएको हो ।
संघको २०१९ -२०२१ कार्य अवधिको लागि अध्यक्ष शान्ति ज्ञवाली अधिकारी ,बरिष्ठ उपाध्यक्ष गणेश गिरि, उपाध्यक्ष निलम गिरि, महिला उपाध्यक्ष माला गोले तामाङ ,महासचिव श्रीकृष्ण भण्डारी ,सचिव ( ……………….) सहसचिव भरत बहादुर थापा ,कोषाध्यक्ष सुनीता भट्टराई र सहकोषाध्यक्ष अलि महमद मिया निर्वाचित भएका छन् ।
त्यसैगरी महिला प्रतिनिधि – सुष्मा शाही (सुमी) र पुरुष प्रतिनिधि डी बी बुढाथोकी निर्वाचित भएका छन् ।
यसैगरी अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी सदस्यमा विशाल ज्ञवाली निर्बिरोध निर्वाचित भएको छ ।
निर्वाचन समितिले निर्वाचित कार्य समितिको पदधिकारीहरुको एनआरएनए/एनसीसी इजरायलको छैटौ राष्ट्रिय अधिवेशनको लागि तोकिएको मिति १४ सेप्टेम्बर २०१९ (शनिबार) का दिन औपचारिक रुपमा घोषण गर्ने बताएको छ ।
*****
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१९/०२१ निर्वाचित कार्य समितिद्वारा मिति ७ सेप्टेम्बर बेलुका ७ बजे सम्ममा उमेद्वारी दर्ता समय सिमा रहेको र उक्त समय सम्ममा निम्न व्यक्तिहरुको मात्र उमेद्वारी परेकोले निर्वाचन समिति २०१९/०२१ को निति नियम अनुसार निम्न उमेद्वारहरु निर्विरोध निर्वाचित भएको जानकारी गर्दछौ ।
निर्वाचन समितिले औपचारिक रुपमा निर्वाचित कार्य समितिको पदधिकारीहरुको एनआरएनए/एनसीसी इजरायलको छैटौ राष्ट्रिय अधिवेशनको लागि तोकिएको दिन १४ सेप्टेम्बर (शनिबार)को दिन घोषण गर्नेछौ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल २०१९/०२१ निर्वाचित कार्य समिति |
१. आइसीसी सदस्य – विशाल ज्ञवाली
२. अध्यक्ष – शान्ति ज्ञवाली अधिकारी
३. बरिष्ठ उपाध्यक्ष – गणेश गिरि
४. उपाध्यक्ष – निलम गिरि
५. महिला उपाध्यक्ष – माला गोले तामाङ
६. महासचिव – श्रीकृष्ण भण्डारी
७. सचिव ——————-
८. सह-सचिव – भरत बहादुर थापा
९. कोषाध्यक्ष – सुनीता भट्टराई
१०. सह-कोषाध्यक्ष – अलि महमद मिया
११. महिला प्रतिनिधि – सुष्मा शाही (सुमी)
१२. पुरुष प्रतिनिधि – डी बी बुढाथोकी
१३. सदस्य – अर्पना कुमारी चौधरी
१४. सदस्य – राधा बास्तोला
१५. सदस्य – सिन्धु पौडेल
१६. सदस्य – सावित्री देवी सुनुवार
निर्वाचन समिति
संयोजक – सुवास खरेल
सचिव – खगेश्वर अधिकारी
सदस्य – बीबी लामा तामाङ
सदस्य -सुन्दर नेपाल
सदस्य -सन्दिप भण्डारी
गैरआवासीय नेपाली संघ इजरायल,राष्ट्रिय समन्वय परिषद