इजरायलमा चासोक तङ्नामको अवसरमा सांगीतिक कार्यक्रमको आयोजन गर्ने

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलले आदिवासी याक्थुङ(लिम्बू) सामुदायको मौलिक पर्व चासोक तङ्नाम (उभौली पर्व/ न्वागी पुजा ) को अवसरमा चासोक तङ्नाम सांगीतिक साँझ कार्यक्रम आगामी १३ डिसेम्बर १३ २०१९ शुक्रबार साँझ तेलअभिव स्थित हगना १३५ हलमा आयोजन गर्ने भएको छ ।
कार्यक्रमको लागि नेपालबाट राष्ट्रिय कलाकार गायिका सुनिता थेगिम लिम्बु र गायक सुगम पोख्रेल आउनु हुने भएको छ ।
हामी याक्थुङ (लिम्बू), हाम्रो गर्भको भाषा हामी हौ , हाम्रो पहिचान र हामीलाई चिनाउने हामीलाई हामी बनाउने यहि भेष भुषा,भाषा र धर्म, संस्कार संस्कृति नै हो, यसैको आधारमा हामी हाम्रो परिचय दिन्छौ , त्यसैले यो लोप हुनु पुर्व यसको संरक्षण गर्नु वा पुस्तान्तरण गर्नु नै हाम्रो अस्तित्व बचाउनु हो , किराँत याक्थुङ चुम्लुङ इजरायलले भएको छ ।
चासोक तङ्नाम सांगीतिक साँझ कार्यक्रममा सम्पुर्ण इजरायलबासी नेपाली तथा नेपालीभाषी दाजुभाई दिदिबहिनी आफन्तजन र प्रीय मित्रजनहरुमा गरिमामय उपस्थितिको निम्ति विनम्र अनुरोध गरेको छ ।
साथै उल्लेखित मिति र समयमा कुनै पनि संघ , संस्था तथा संगठनहरुले कार्यक्रम नजुधाई सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुतालाई बचाउन सहयोग गरिदिनु हुन्छ भन्ने कुरामा कियाचु इजरायल परिवार निर्धक्कका साथ आत्माबिश्वास गर्दछ ।