इजरायलमा ‘बलिहाङ कप’ फूटबल प्रतियोगिता हुने

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा ”एकता र मित्रताको लागि फूटबल” भन्ने मुख्य नाराका साथ बलिहाङ तङनाम (शुभ दिपावली) को सुखद अवसरमा “बलिहाङ कप” फूटबल प्रतियोगिताको चौथो संस्करण “बलिहाङ कप -२०१९ “फुटसल प्रतियोगिताको आयोजन गर्ने भएको छ ।
बिगत ३ वर्ष देखि निरन्तर आयोजन गर्दै आएको फूटबल प्रतियोगिता यसपाली आगामी १९ अक्टोबर २०१९ शुक्रबारको दिन तेलअविव लेवन्सकी फुटसल ग्राउण्डमा प्रतियोगिता गर्ने भएको छ ।
इजरायलमा स्थापित विभिन्न फूटबल क्लबहरुलाई सहभागिता भई प्रतियोगितालाइ सफल र रोमान्चक बनाई दिनु हुन संस्था द्वारा हार्दिक अनुरोध गरेको छ ।
प्रतियोगिता सम्बधि सम्पूर्ण जानकारीको लागि आउँदो १३ सेप्टेम्बर २०१९ शुक्रबार साँझ ६ बजे प्रेसमिट गर्ने भएको छ ।सम्पूर्ण फूटबल क्लबका टिम म्यानेजर ,टिम कोच,खेलाडीहरुलाई उपस्थित भएर आफ्नो टीम दर्ता गर्न आयोजक समिति हार्दिक आव्हान गरेको छ ।