नेपाली जनसम्पर्क समिती इजरायलले जागरण , प्रशिक्षण तथा अन्तरक्रिया कायर्क्रम गर्दै

तेलअविव – नेपाली जनसम्पर्क समिती इजरायल परिवारले आगामी १३ डिसेम्बर २०१९ (शुक्रबार)को दिन इजरायको तेलअविव शहरमा जागरण , अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रमको लागि प्रमुख वक्ता तथा केन्द्रिय प्रतिनिधि नेपाली काङ्ग्रेसको चर्चित बौद्धिक नेता आम नेपाली युवाहरुको प्रेणता नेपाल बिद्यार्थी संघको पुर्व केन्द्रिय अध्यक्ष तथा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य प्रदिप पौड्ल आउनु हुने नेपाली जनसम्पर्क समिती इजरायलका महामन्त्री राज छत्कुलिले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ ।
कार्यक्रममा इजरायलमा रहनु हुने सम्पुर्ण पेशाकर्मी , बिद्यार्थी , सामाजिक ब्यक्ति तथा इजरायललाई कर्म थलो बनाएर बस्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु उपस्थित रहि कार्यक्रमको शोभा बढाइदिन हुन पनि हार्दिक अनुरोध गरेको छ ।