हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

 रसुवामा प्रहरीद्वारा कन्टेनर धनी आशिष तामाङ कुटिए,पीडित पक्षद्वारा प्रहरी चौकी तोडफोड

रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा प्रहरीले सार्वजनिक स्थलमा एक व्यक्तिलाई कुटपिट गरेका छन् । मंगलबार साँझ साढे ४ बजे गलत ठाउँमा कन्टेनर पार्किङ गरेको भन्दै प्रहरीले अपशब्द बोलेपछि सामान्य भनाभन भएको थियो । ना ६ ख ४९२५ कन्टेनर धनी आशिष तामाङसँग सामान्य भनाभन भएपछि प्रहरीले कुटपिट गरेका थिए ।

उक्त घटनाको सार्वजनिक भिडिओमा प्रहरीले चालकलाई लात्ती प्रहार गरेका छन्, कपालमा समातेर लडाएका छन्। भिडिओ सार्वजनिक भएपछि प्रहरीको सर्वत्र आलोचना भइरहेको छ।

यो घटनाको स्थानीयले विरोध पनि गरे। तर, प्रहरीले नटेरेको देखिएको छ। ड्राइभरको इज्जत छैन? यसरी कुटपिट गर्न मिल्छ? भन्दा ती प्रहरीले स्थानीयलाई नै हपारेका थिए।

तामाङमाथि कुटपिट गर्ने प्रहरी चौकी टिमुरेका प्रमुखको राजीनामाका साथै कुटपिटमा संलग्न प्रहरीको निलम्बनको माग गर्दै पीडित पक्षले राति १२ बजेसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले टिमुरेको अस्थायी प्रहरी चौकी तोडफोड गरेका प्रहरीले जनाएको छ ।

दिउँसो सामान्य भनाभनमा कुटपिट गर्ने प्रहरी राति तोडफोड हुँदा भने संयमित भएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय रसुवाले हतारमा विज्ञप्ति जारी गरेको थियो ।

विज्ञप्तिको चौतर्फी विरोध भएको छ । घटनाबारे छानबिन भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । कुटपिटको विषयमा छानबिन गर्न प्रजिअ भण्डारीको टोली टिमुरेमा टिमुरे पुगेको छ ।

सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख, टिमुरेका प्रहरी तथा पीडितका समर्थकहरूसहित छलफल सुरु भएको प्रजिअ भण्डारीले बताउनुभयो । मंगलबार दिउँसो प्रहरीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रजिअको टोलीले घटनास्थलमा नै पुगेर छानबिन सुरु गरेको हो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution