हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

इजरायलमा नेपाली केयरगिभर दुई सन्तानसहित पक्राउ

याम्बु । अवैध रुपमा इजरायलमा बसेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन् । प्रहरीले उनलाई दुई सन्तानसहित पक्राउ गरेको हो । अध्यागमनबाट खटिएका प्रहरीले इजरायलको हर्जलियास्थित निवासबाट बिहीबार बिहान बच्चासहित ती महिलालाई नियन्त्रणमा लिएको हो । इजरायल सरकारले उनको ९ वर्षदेखि भिसा नवीकरण नगरेको जनाइएको छ ।

इमिग्रेशन प्रहरीले साथिभाइ पक्राउ गरेकोमा बिरोध प्रदर्शन गर्दै फिलिपिनी बालबालिका – इजरायल

मिडिया रिपोर्टका अनुसार महिलाको नाम ईश्वरा उप्रेती हो । उनको नेपालको ठेगाना भने खुलेको छैन । उनीसँगै उनका नौ वर्षीय छोरा मिसेल र ५ वर्षीया छोरी सिरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको हार्रेजको रिपोर्टमा उल्लेख छ । प्रहरी नियन्त्रणमा रहेकी ईश्वरा ज्येष्ठ नागरिकको सुसारेका रूपमा इजरायल पुगेकी थिइन् ।

इजरायलमा रहेका कामदारले आफ्नो अनुमतिपत्र नवीकरण गर्नुपर्ने प्रावधान भए पनि उनले त्यसो नगरिएपछि नियन्त्रणमा लिइएको जनाइएको छ । यद्यपि, उनी कति समयदेखि अवैध रूपमा त्यहाँ रहँदै आएकी थिइन् भन्ने खुलाइएको छैन । जन्म दिएका एक छोरा र छोरीका बावुबारे पनि अस्पष्ट छ ।

प्रहरी नियन्त्रणमा रहेका आमासहित दुवै बच्चालाई अहिले गिभन कारागारमा राखेर न्यायिक प्रक्रिया थालिएको छ । सोमबार मात्रै त्यहाँको अभिरक्षा अदालतले प्रक्रिया पूरा नभएसम्म तीनैजना हिरासतमा रहने फैसला सुनाएको छ ।

पक्राउ परेकी नेपाली महिलाबाट जन्मिएका मिसेल त्यहाँको विद्यालयमा अध्ययनरत छात्र हुन् । समाचारमा जनाइएअनुसार उनी आइतबारबाट कक्षा ४ को पढाइ सुरु गर्ने तयारीमा थिए ।

आफ्ना साथीहरूबाट छुटाएर हिरासतमा राखिनुको कारणबारे उनले केही बुझेका छैनन् । हिरासतमा पु¥याइएदेखि नै उनी निरन्तर रोइरहेको समाचारमा उल्लेख छ ।

महिलाको पक्षमा कुनै आवाज नउठे पनि बालकलाई नियमविपरीत नियन्त्रणमा लिइएकाले रिहाइ गर्न माग उठेको छ । इजरायलको आप्रवासीसम्बन्धी कानूनमा कक्षा चलिरहेका बेला आप्रवासी कामदारका सन्ततिलाई डिपोर्ट गर्न नपाइने नियममा टेकेर सरोकारवालाहरूले बालक पक्राउको विरोध गरेका हुन् ।

मानवियताका आधारमा उनीहरूलाई इजरायलमै रहन दिनुपर्ने माग राख्दै ती बालकका तर्फबाट ओर्टल सामी नाम गरेका एक व्यक्तिले प्रक्रिया थालेका छन् । उनले बालकको न्यायका लागि त्यहाँको आन्तरिक मामिला मन्त्रालयमा निवेदन दर्ता गराएको हारेज डटकमलाई बताएका छन् ।

इजरायलले पछिल्लो समय गैरआप्रवासी कामदार फर्काउने अभियान चलाएको छ । यसअन्तर्गत विनाअनुमति कार्यरतहरुलाई स्वदेश फर्काउन थालिएको छ । अभियान सञ्चालनपछि नेपाली फर्काइएको भने यो पहिलो घटना हो ।

लामो समयदेखि नेपालीहरू इजरायलमा श्रमका लागि जाने गरे पनि कतिको संख्यामा छन् भन्ने यकिन तथ्यांक नभएको समाचार डिसीनेपालमा छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution