हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

इजरायलमा तीज महोत्सव २०७६ भव्यताको साथ् सम्पन्न,मुनाफा रबि लामिछाने फाउन्डेसनलाई हस्तान्तरण गर्ने

तेलअविव – झापाली समाज इजरायलको मुख्य आयोजनामा “तीज महोत्सव २०७६” गत अगष्ट ३० तारिख शुक्रबार तेलअविव स्थित तेलअविव युनिर्भसिटीमा हलमा भव्यताको साथ  सम्पन्न गरेको छ।

झापाली समाज इजरायलका अध्यक्ष सन्दिप भण्डारीको सभापतित्मा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली दुतावास इजरायलकी महामहिम राजदुत डा अन्जान शाक्य,बिशेष अतिथिहरुमा अन्तराष्ट्रिय झापाली समाजका केन्द्रिय उपाध्यक्ष दिपक ओली , एनआरएनए इजरायलका पुर्वअध्यक्ष सुवास खरेल, कार्यक्रम संयोजक तथा एनआरएनए इजरायलका अध्यक्ष शान्ता ज्ञवाली अधिकारी लगायत इजरायल स्थित संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथि रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा अन्जान शाक्य, बिशेष अतिथि दिपक ओली,शान्ता ज्ञवाली अधिकारी लगायतले तीजको शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपालबाट आमन्त्रित  चर्चित गायक गायिकाहरु प्रमोद खरेल, हिमाल सागर, गायक तथा संगितकार चेतन साप्कोटा चर्चित गायिका टिका प्रसाई र शान्तिश्री परियार इजरायलले भरपुक मनोरंजनपुर्वक दिएको थिए ।

कार्यक्रममा तीज  फोटो प्रतिगीतिमा प्रथम भएकी सुमि शेर्पालाई पहिलो पुरुस्कार Samsung A50 Mobile,दोश्रो भएकी आरजु बिष्टलाई ५०० सेकेल,तेश्रो भएकी सरिस्मा बराललाई २५० सेकेल , चौथो र पाचौ भएकी ईशा शर्मा र गोमा श्रेष्ठलाई प्रमाण पत्र हस्तान्तरण गरेको थियो ।

कार्यक्रमबाट आएको मुनाफा रबि लामिछाने फाउन्डेसनबाट कालिकोट स्थित रासकोटमा निर्माण गर्न लागेको अस्पताललाई आर्थिक सहयोग गर्ने भएको छ ।

मुख्य आयोजक झापाली समाज इजरायलको सक्रियतामा आयोजित तिज महोत्सवमा आयोजक सस्थाहरू चितवन समाज इजरायल, भोजपुर समाज इजरायल, पर्वत समाज इजरायल, रुपन्देही सेवा समाज इजरायल, नारीका लागी नारी एक करोड एक रुपैया अक्षयकोष, प्रवासी सृजनशील महिला समूह इजरायल, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल, सहयोगी मनहरुको समाज इजरायल, इजरायल गोर्खा एसोशिएशन, हिन्दु जागरण अभियान इजरायल, ओम जन जागरण इजरायल, विश्व नेपाली साहित्य महासंघ शाखा इजरायल, अन्तराष्ट्रीय नेपाली साहित्य समाज इजरायल, साहित्य चौतारी नेपाल इजरायल, प्नवासी नागरिक समाज इजरायल, मुक्तक प्रतिष्ठान इजरायल, अन्तराष्ट्रीय कलाकार समाज इजरायल, राष्ट्रीय तामाङ घेदुङ इजरायल रहेका थिए ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution