हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

चितवन समाज इजरायलको चौथो अधिबेशन सम्पन्न,अध्यक्षमा नयन सापकोटा निर्बाचित

तेलअविव –  चितवन समाज इजरायलको चौथो अधिबेशन तेलअविवमा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष सरिस्मा बरालको सभापतित्वमा भएको अधिवेशनमा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष  तथा चितवन युवा समूह अन्तराष्ट्रिय समन्य समिति प्रबास महिला संयोजक  शान्ता अधिकारी ज्ञवाली, बिशेष अतिथिमा एनआरएनए आइसीसी सदस्य तथा सल्लाहकार बिशाल ज्ञवाली ,अतिथिहरुमा संस्थाका सल्लाहकारहरु ,इजरायलमा स्थापित संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरु,पत्रकार तथा मिडियाकर्मीहरु रहेका थिए ।

अधिवेशनमा स्वागत मन्तब्यवरिष्ठ उपाध्यक्ष प्रभा घिमिरेले राखेकी थिईन भने  शुभकामना मन्तब्यमा संस्थाका सल्लाहकार अनिरुद्र सुबेदी,  बिशाल ज्ञवालील,नमस्ते नेपाल हा.सा.स. इजरायल अध्यक्ष भीमा थापा,सत्य साइ सेन्टर इजरायल अध्यक्ष नेहा गुरुङ,रुपन्देही सेवा समाज अध्यक्ष इश्वरी पौडेल,संस्थापकसदस्य कमला ढकाल र प्रमुख अतिथि शान्ता ज्ञावली अधिकारीले  राखेका थिए ।

अधिवेशनले नयन सापकोटा (रामु) को अध्यक्षताम १९ पदाधिकारीहरुको नयाँ कार्य समिति चयन गरेको छ । जसअनुसार
अध्यक्ष :- नयन सापकोटा (रामु) ब.उपाध्यक्ष :- चिरञ्जीवी मिश्र,प्रथम उपाध्यक्ष :- दिना न्यौपाने,दित्तीय उपाध्यक्ष :- सबिषा सिलवाल थापा,तृतीय उपाध्यक्ष :- गायत्री ढकाल,महासचिब :- मोहन बस्नेत ,सचीव :- जमुना बोहरा , कोषाध्यक्ष :- जिना सिंह (सम्झना) सदस्यहरु
सम्झना पन्त (कोष परिबेक्षक ),कमला गुरुङ नमुना पौडेल पराजुली ,देबि पौडेल ,इन्दिरा पौडेल मरठ्ठा ,सीता अधिकारी,हिरु सुवेदी,बिष्णु माया रिमाल , गीता पोख्रेल ,सुर्य थापा र राधिका कुवर रहेका छन् ।

कार्यक्रममा स्थानीय कलाकार इशा शर्माले  स्वागत नृत्य गरेका थिए भने तिजको अवसरमा दर खुवाएका थिए ।

कार्यक्रमको आर्थिक बार्षिक प्रतिबेदन सम्झना पन्तले सुनाउनु थिए । कार्यक्रममा प्रमाण पत्र तथा दोसल्ला ओढाएर पत्रकार तथा  संस्थाका सल्लाहकारहरु अध्यक्ष तथा  संरक्षकलाई सम्मान गरिएको थियो ।सम्पूर्ण कार्यसमिति पदाधिकारी र आजिबन सदस्यहरु तथा सस्थापक सदस्यहरुलाई  प्रमाण पत्रले सम्मान गरिएका थिए ।

कार्यक्रम संचालन महासचिव चिरन्जिबी मिश्रले कुसलतापुर्बक संचालन गरेका थिए ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution