हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

रवि लामिछानेले चितवनमा भएको पत्रकार सम्मेलनमा के के भने ?

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफूले कसैबाट समाचारका लागि पैसा लिएको प्रमाणित भए पत्रकारिता नै छाड्ने बताएका छन् ।


मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रविले आफूले कोही कसैबाट पनि समाचारका लागि पैसा नलिएको दाबी गरेका हुन् ।

उनले आरोप लगाउनेहरुसँग आफ्नो स्टुडियोमा प्रत्यक्ष बहस गर्न तयार रहेको बताउँदै भने, ‘आरोप लगाउनेहरु मेरो स्टुडियोमा आउनुहोस्, लाइभ बहस गर्न सक्छु । मलगायत मेरो टीमको कसैले पनि कहाँ–कहिले पैसा खायो भनेर प्रमाणित गरिदिनुहोस् । म यो पत्रकारिता जस्तो पवित्र पेसामा बस्दिनँ ।’

उनले रिस साँधेर आरोप लगाउन सजिलो भएको बताउँदै आफूलाई पछाडिबाट ढुङ्गा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न चुनौती पनि दिए ।

लामिछानेले आफू २–४ करोड कमाउनका लागि आफ्नो ज्यान हत्केलामा नराखेको पनि जिकिर गरे । ‘पैसाको लोभ हुँदो हो भने यो जीवन छान्ने थिइनँ,’ उनले भनेको रातोपाटीमा समाचार छ ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँगको व्यक्तिगत दुश्मिनीबारेको प्रश्नमा उनले श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएको बताउँदै आफ्नो कुनै व्यक्तिगत रिसिइबी नभएको बताए ।

श्रेष्ठले आफूलाई पत्रकार होइन भनेको विषयमा उनले चुनौती दिँदै भने, ‘जनताको मुद्दा उठाउँदा पत्रकार भइँदैन भने मलाई पत्रकार बन्नुछैन ।’

त्यस्तै, राजनीतिमा आउने विषयमा लामिछानेले सञ्चारकर्मबाट नै देशमा योगदान पुर्याउने आफ्नो सोच रहेको स्पष्ट पारे ।

लामिछानेले अदालतले केही मुद्दामा चर्चा नगर्न आदेश दिएकाले आफूले त्यसलाई शिरोधार्य गर्दै सम्मानित अदालतको गरिमामा कुनै पनि आँच नआउने गरी अभिव्यक्तिहरु राख्ने स्पष्ट पारे ।

उनले सीधा कुरा जनतासँगको कार्यक्रम अझ बढी जिम्मेवार र ओझिलो हुनेमा निर्धक्क रहन आग्रह गरे । उनले आफूले पाएको साथ र समर्थनलाई ऋणको रुपमा लिएको बताउँदै उनले भने, ‘यसले हामीलाई निदाउन दिने छैन ।’

सीधा कुरा जनतासँगको कार्यक्रममा आगामी शनिबारदेखि उपस्थित हुने तयारी गरिरहेको जानकारी दिँदै उनले भने, ‘यो परिवर्तन पनि हुनसक्छ, टीमसँग छलफल भएको छैन ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution