हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

समय अभावको कारण रबि लामिछानेको बयान भोलि मात्रा , न्यायिक हिरासत मै रहने

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपीहरुको बयान शुरु भएको  छ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले  मुलुकी फौजदारी संहिता को दफा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जना विरुद्ध आरोप पत्र दायर गरेको थियो । उक्त आरोपपत्रमा उनीहरुले पुडासैनीलाई आत्महत्या गर्न उक्साएको जिकिर गरिएको छ।

सरकारी वकिल कार्यालयले लामिछानेसहित अस्मीता कार्की र युवराज कँडेलाई पनि विपक्षी बनाएको  छ।

जिल्ला अदालत चितवनमा उनीहरुको मुद्दा दर्ता भएसँगै बयान शुरु भएको  छ। न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान आइतवारबाट शुरु भएको हो।

रावलको इजलाशमा आज अस्मीता कार्कीको बयान गराइएको छ । कार्कीले बयानमा पुडासैनीसँग आफू साथीको रुपमा रहेपनि आत्महत्या गर्ने कार्यमा भने उक्साहट नगरेको दाबी गरेकी छन्। उनले उक्त अभियोगवाट आफूले सफाइ पाउनुपर्ने माग गरेकी छन्।

त्यस्तै बाँकी आरोपीहरु लामिछाने र कडेलको बयान भने सोमबार हुनेछ। सोमबार उनीहरुको बयान समाप्त भएपछि थुनछेक बहश शुरु हुनेछ। सरकारी र आरोपी पक्षका कानुन व्यवासायीको दुई तर्फी बहशपछि आदेश गर्नेछ। अदालतको आदेशले उनलाई थुनामा पठाउने कि हिरासतमा राख्ने भन्ने बारे निर्णय गर्नेछ।

आरोप पत्रमा उनीहरुलाई हदैसम्मको अर्थात् पाँच वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ।

बयान चलिरहेकाले उनीहरुलाई न्यायिक हिरासतमा पठाइएको  छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution