इजरायलमा २५ औं विश्व आदिवासी दिवस भव्यताको साथ सम्पन्न (भिडियो सहित)

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलले “अधिकार, प्रतिनिधित्व, र स्वायत्तता, स्वशासनका लागि आदिवासी जनजाति अडान” ” पहिचान सहितको संघीयताका लागि संबिधान संशोधन हाम्रो साझा अभियान ” भन्ने मुल नारा सहित २५ औं विश्व आदिवासी दिवस गत १६ तारिख (शुक्रबार)तेलअविवमा भव्यताको साथ सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष तारा काउचा मगरको सभापतित्वमा भएको कार्यकमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष एवं प्रवास शाखा इन्चार्ज प्रमुख गोबिन्द छ्न्त्याल रहेका थिए भने बिशेष अतिथिमा एनआरएनए इजरायलकी अध्यक्ष शान्त ज्ञवाली अधिकारी सहित महासंघका पुर्व अध्यक्षहरु , इजरायल स्थित संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु , मिडियाकर्मीहरु लगायत आदिवासी जनजातिका पहिचान झल्कने भेषभुषा सहित नेपालीहरुको बाक्लो उपस्थित रहेको थियो ।
“विश्वका आदिवासी जनजातिहरु एक होऔं” “आफ्नो भेषभुषा, भाषा, लिपि, कला, संस्कृतिको संरक्षण र सम्बर्धन गरौं ” भन्ने मुल नाराका साथ इजरायलमा रहनु भएका आदिवासी संघ संगठनहरुलाई एकृकित गर्दै सामाजिक, शैक्षिक, र राजनितीक रुपले राज्यले लामो समय देखि विभेदमा परिएको बिषयहरुमा सबै उत्पिडित समुदायहरुलाई सचेत गराउने र एक जुट भएर विभिन्न माध्यम बाट बिरोध गर्दै आफ्नो अधिकारहरु प्राप्त गर्ने उदेश्यले सन् २०१२ मा स्थापना गरिएको नेपाल आदिवासी जनजाति महासंघको इजरायल शाखा नेपाल आदिवासी जनजाति महासंघ इजरायलले विश्व आदिवासी दिवसको अवसर पारी गत १६ तारिख शुक्रबार महासंघमा आवाद्ध ८ राष्ट्रिय आदिवासी जाती संघसंस्थाले आ-आफ्नो जातीय पहिचान झल्कने झाँकी सहित कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका संयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष पेमा डोल्मा ह्योल्मोले उपस्थित सम्पूर्ण महानुभावहरुलाई सम्बोधन गर्दै स्वागत मन्तव्यको साथै नेपाली दुतावास इजरायलबाट प्राप्त शुभकामना संदेश वाचन गरि सुनाएका थिए ।
महासंघमा आवाद्ध राष्ट्रिय जातीय संस्थाका तर्फबाट मौलिक पहिचान झल्काउने विभिन्न झाँकी तथा मातृभाषामा गीत नृत्यहरु प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा भाग्याशाली चिट्ठा पनि खोलेका थिए ।
कार्यक्रमममा बिशेष अतिथि शान्ता ज्ञवाली अधिकारी लगायत महासंघका पुर्वअध्यक्ष ,महासंघमा आवाद्ध राष्ट्रिय जातीय संस्थाहरुका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि गोबिन्द छ्न्त्यालले आदिवासी जनजातीहरुको मुद्धाहरु लगायत लोक सेवा आयोगको बिज्ञापन संविधान बिपरित रहेको स-बिस्तार व्याख्या गर्नु भएको थियो ।
कार्यक्रममको अन्तमा सभापति तारा काउचा मगरले २५ औं विश्व आदिवासी दिवस सफल पार्न उपस्थित सम्पूर्ण महानुभाव लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने महानुभावहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
इजरायलमा पहिलो पटक लाखे नाँच
२५ औ बिश्व आदिवासी दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाती महासंघ इजरायलमा आवाद्ध सदस्य खल राष्ट्रीय नेवा: खल: इजरायलको पहलमा यस वर्ष पहिलो चोटी नेपाली मौलिक पहिचान स्थापित भएको नेवा: सभ्यता नेपालको गौरब लाखे नाचको प्रदर्शन भएको थियो । निक़ै रमाइलो तथा उत्साह पूर्ण बातावरणमा लाखे प्याख़ं हूदा हल निक़ै उत्साहित भएको थियो भने मुख्य आकर्षक नै लाखे प्याखंले लिएकोले थियो ।
लाखे सम्बन्धी विभिन्न पौराणिक धार्मिक सामाजिक किंवदन्तीहरू छन यस मध्ये लाखे सम्बंधी एउता किबद्दती यस प्रकार छन् – लाखे लसीं भने पछि सुन्दै डर लाग़्ने भयंकर ठुलो जीउ डाल भएको र मानिसहरूलाई खाने दुःख दिने अर्थमा बुझिन्छ । लाखे लसी देबि देवताको सेवकको रूपमा पनि लिने गरिंछ । नेवा सभ्यताको ईस्ट देवताको रूपमा रहेको अजिमा द्योको पालेको रूपको अजिमा सगै बस्द्थ्यो । नेवा सभ्यताको प्रजाहरू अस्वस्थ हूदा बाल बच्चाहरू अरी चायगु ( खोकि ज़ोरों रुँचे )हूदा अजिमाकोमा गएपछि निको हुने गर्दथे । यसरी ईस्ट देवता अजिमा पूजन गएको बेला त्यहाको बसेको लाखेले दुःख दिने डराउने देखी खाने सम्म व्यवहार गर्न थालेपछि मानिसहरू अजिमाको जान डराऊँथे पछि अजिमाले यो कुरा थाहा पाएर लाखेलाई बस्ती बाहिर टाढा राखंन थालेपछि लाखेले अजिमामा बिम्ति भाव गर्दै अब देखी कसैलाई डराउंदिन्न दुःख दिन्नौ बरु सबै संग रमाइलो गरी ख़्याल ठटा गरी बस्ने सर्तमा र शक्तिहिन गराए पनि मंज़ूर हुने सर्तमा आजिमा द्योले लाखेलाई अजिमा द्यो संगै पुनर्स्थापन गरे । त्यस उप्रन्ता लाखेलाई जनताहरूले जिसकाउदै रमाईलो गर्न थाले विशेष गरी झ्यालीचा र अन्य मानिसहरू भएर जिस्काउदै रमाइलो गर्ने लाखे प्याखं सुरु भएको भन्ने किम्वान्ति छ ।
प्रशिक्षण कार्यक्रम
नेपाल आदिवासी जनजाति महासंघ इजरायलको कार्यलय तेलअविवमा १७ अगस्ट शनिबार नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष एवं प्रवास शाखा इन्चार्ज प्रमुख गोबिन्द छ्न्त्यालले आदिवासी जनजातिहरुको बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
भ्रमण कार्यक्रम
नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष एवं प्रवास शाखा इन्चार्ज प्रमुख गोबिन्द छ्न्त्याललाई मृतसागर ,जेरूशलम लगायत इजरायल पर्यटक स्थलहरुमा भ्रमण गरेका थिए ।
स्वदेश फिर्ता
नेपाल आदिवासी जनजाति महासंघ इजरायल द्वारा आयोजित २५ औं विश्व आदिवासी दिवस कार्यक्रमलाई सम्बोधन गर्न आउनु भएका नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष एवं प्रवास शाखा इन्चार्ज प्रमुख गोबिन्द छ्न्त्याल १९ अगस्टमा स्वदेश फिर्ता गई सक्नु भएको छ ।
कार्यक्रम फोटोहरुको लागि क्लिक गर्नुहोस ।
भिडियो
२५ औं विश्व आदिवासी दिवस कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष एवं प्रवास शाखा इन्चार्ज प्रमुख गोबिन्द छ्न्त्याल
« सरकारको नेतृत्व फेरिन्छः प्रचण्ड (Previous News)