हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तिनि तामाङला गोने ङ्ह्या: तामाङ ज्ञान दिवस

साउन ३०, गोनेङ्ह्या तामाङ चाडपर्वहरु मध्येको ज्ञान केन्द्रित चाड हो । यो पर्वमा ज्ञान सिप शिक्षा चेतना र सुचनाहरु सास्कृतिक रुपमा संचार गर्ने गरिन्छ ।

गोनेङ्ह्यालाई गुरु चेलाको सम्बन्ध गास्ने अबसरको रुपमा पनि लिईन्छ । प्रकृति, जीवन, समाज, संस्कृति, ज्ञान, चेतना र उन्नति प्रगतिमा आएको फेरवदल अनुसार आफु सहित सवै घर परिवार लाई अघि लगाउने तिथी हो । मन शरीर जीवन घरपरिवार समाज र लोकको लागि ज्ञान चेतना र पुण्य तथा दैवी शक्तिको महत्वबोध गराई सवैलाई सचेत शिक्षित र दिक्षित बनाउने पुञ्य तिथी हो । अर्काे शव्दमा भन्दा समग्र ज्ञान, ज्ञानशक्तिको साधन, साधनाको सिद्धि र शिद्धिको लोकदीक्षान्त हुने अबसर र उत्सव हो । जहाबाट सवै किसिमको दोष द्धोश र क्लेशबाट मुक्त भै शुभघडीको ढोका खुली पुण्यशक्ति प्रस्फुटन हुन्छ । 

गोनेङ्ह्याको शाव्दिक अर्थ :

गोनेङ्ह्या तामाङ शव्द हो । यो गोने र ङ्ह्या दुई भिन्न शव्दहरु मिलेर बनेको शव्द हो । जसको अर्थ गोनेको ङ्ह्या भन्ने हुन्छ । गोने तामाङ सातौ महिनाको नाम हो । यो नेपाली साउन र भदौ महिनाको बीचमा पर्दछ । जसको अर्थ गोने महिनाको ङ्ह्या अर्थात पुर्णिमा भन्ने हुन्छ । गोने शव्दको अर्काे नि अर्थ लाग्ने गर्दछ । गोने शव्द गो र ने भन्ने दुइ भिन्न शव्दहरु मिलेर बनेको शव्द हो । जसमा गो भनेको ढोका, संघार, दैलो, द्धार, नाका, दुर्गा, गढि, पीठ, तथा ढाड भन्ने हुन्छ । त्यसरी नै ने भनेको देउ, देउथान, देउरली, मन्दिर, धाम, तीर्थ, भन्ने समेत बुझाउदछ । जसको संयुक्त अर्थ देउताको ढोका भन्ने हुन्छ । त्यसैगरि ङ्ह्या भनेको चाही भनेको चाही पुर्णिमा हो । शुक्लापक्षको प्रतिपर्दाको दिनलाई बुझाउदछ । तामाङहरु यस्ता दिनहरलाई पुण्यतिथीको रुपमा लिइन्छ । यसरी यी टुक्रा टुक्रा शव्दहरुको समुच्च र सम्पुढर्ण अर्थ भनेको देवताको ढोका खुल्ने पुर्णिमा तथा पुण्यतिथी भन्ने हुन्छ / पेमा तामाङ मोक्तान ला फेसबुक ग्याम्से






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution