इजरायलमा बडा दशै २०७६ विविध कार्यक्रम सहित मनाउदै

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायलले हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै तथा मोहनी नख: पर्ब २०७६ को अवसरमा शुभकामना आदानप्रदान तथा खुल्ला नृत्य प्रतियोगिताको आयोजन गर्ने भएको छ ।
आगामी अक्टोबर ११ तारिख शुक्रबार साँझ यार्कोन पार्कमा शुभकामना आदानप्रदान , खुल्ला नृत्य प्रतियोगिता, दशै भोज, BBQ तथा खानाका विभिन्न परिकारहरु, विभिन्न किसिमका पेय पदार्थहरुको साथमा टीका जमरा सहित कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रमको बारेमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायलले सूचना जारी गरी बृस्तृत जानकारी दिएको छ ।
सूचना !!! सूचना !!! सूचना !!!
हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै तथा मोहनी नख: पर्बको पावन अवसरमा अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल द्वारा शुभकामना आदानप्रदान तथा खुल्ला नृत्य प्रतियोगिताको साथमा दशै भोज, BBQ तथा खानाका विभिन्न परिकारहरु, विभिन्न किसिमका पेय पदार्थहरुको साथमा टीका जमरा सहितको कार्यक्रम यहि अक्टोबर ११ तारिख शुक्रबार साँझ यार्कोन पार्कमा आयोजना गर्न गइरहेको छ। तसर्थ इजरायलवासी आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भइ, कार्यक्रमको शोभा बढाउनुका साथै २०७६ सालको दशै धुमधाम सँग मनाउन नछुटाउनु हुन अन्तर्राष्ट्रिय कलाकार मंचको तर्फबाट हार्दिक अनुरोधका साथ हार्दिक चुले निमन्त्रणा गर्दछौं!!
नोट : इजरायलमा कार्यरत सम्पुर्ण कलाकार ज्युहरुमा सुवर्ण अवसर, यदि तपाईंहरु भित्र लुकेर रहेको प्रतिभा छ भने कृपया अन्तर्राष्ट्रिय कलाकार मंचले आयोजना गर्न लागिरहेको अनलाइन खुल्ला नृत्य प्रतियोगितामा भाग लिन सक्नुहुनेछ । विस्तृत जानकारीको लागि हामीलाई यथा सिघ्र सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद !!
१) प्रथम पुरस्कार : अवार्ड, प्रमाण पत्र सहित ने रु: २१,००० (एक्काईस हजार रुपैयाँ )
२) दित्तिय र तृतीय बिजेतालाई : पुरस्कार साहित प्रमाण पत्र ।
३) नृत्य प्रतियोगितामा सहभागी सम्पुर्णलाई प्रशंसा पत्र द्धारा सम्मान गरिने छ । धन्यवाद !
सम्पर्क न:
कादम्बरी दाना श्रेष्ठ : 0549405431
अनिल सिंह राजपुत : 0587216777
कुमार आङ्देम्बे अबि : 0543462324
पदमा गुरुङ : 0543601160
राज लिम्बू : 0545246860
सारा लामा : 0549756381
युनिका गुरुङ : 0586919576
सुर्य राना : 0532358829
युनिका गुरुङ
महासचिव
अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल( शाखा ) परिवार