इजरायलमा चोथा:पूजाको पावन अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजन

तेलअविव – प्रबासमा रहेता पनि आफ्नो मौलिक पहिचान भाषा, धर्म, कला,संस्कार संस्कृति,चाडपर्ब साथै भेषभूषाहरुको संरक्षण र सम्बर्द्धन गर्नु पर्छ भन्ने मुख्य उद्देश्यका साथ स्थापित हाम्रो संस्था राष्ट्रिय नेवा: खल: इजरायलद्वारा आगामी मिति २०१९ अगष्ट ३० तारीख, नेपाल सम्बत ११३९ गुंलागा शुक्रबार साँझ ६ बजे तेल-अभिब स्थित नोकिया पार्कमा नेवा समुदायको मौलिक राष्ट्रिय पर्ब चोथा: पूजाको पावन अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ |
कर्मभूमि ईजरायलमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थिति भैइ प्रसाद ग्रहण गरि दिनु हुनाकोलागी राष्ट्रिय नेवा: खल: इजरायल द्वारा हार्दिक निमन्त्रणा गरेको छ |