हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

उत्तर कोरियाले फेरी गर्यो क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले पुन: समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। योसहित उसले केही हप्तायता गरेको पाँचौ प्रक्षेपण हो।

दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षेप्याप्त्र छोटो दुरीका बलिस्टिक मिसाइल हुन सक्ने बताएको छ।

त्यसको पुष्टि भइसकेको छैन। तर छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेपण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुन्छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनबाट ‘एउटा अतिसुन्दर पत्र’ प्राप्त गरेको बताएपछि ती प्रक्षेपणहरू भएका हुन्।

ट्रम्पका अनुसार अमेरिकी र दक्षिण कोरियली सेनाको संयुक्त सैन्य अभ्यासबारे किम असन्तुष्ट छन्।

शनिवारको प्रक्षेपणबारे के थाहा छ?

दक्षिण हाम्ग्योङ प्रान्तको हाम्हुङ नगरनजिकैबाट शनिवार बिहान दुई क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो। ती क्षेप्यास्त्र कोरियाली प्राय:द्वीपको पूर्वमा अवस्थित जापान सागरमा खसे।

दक्षिण कोरियाली सेनाका अनुसार झन्डै ४८ किलोमिटर माथिबाट उड्दै ती क्षेप्यास्त्र ४०० किलोमिटर पर पुगेका थिए।

तिनको अधिकतम गति ध्वनिको गतिभन्दा ६.१ गुणा बढी थियो।

गत जुनमा किम र ट्रम्पले उत्तर कोरियाको निरस्त्रीकरणबारे पुन: वार्ता थाल्ने सहमति गरेपछि प्योङ्याङले धेरैचोटि क्षेप्यास्त्र र रकेट प्रक्षेपण गरिसकेको छ।

किमले पत्रमा ट्रम्पलाई के लेखेका छन्?

यो प्रक्षेपण हुनुभन्दा केही समयअघि आफूलाई उत्तर कोरियाली नेताले पत्र पठाएको अमेरिकी राष्ट्रपतिले बताएका थिए।

ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै ट्रम्पले भनेका थिए, “पत्र एकदमै सकारात्मक छ।”

“हामी फेरि भेट्छौँ भन्ने मलाई लाग्छ । उनले तीन पन्ना लामो एउटा सुन्दर पत्र पठाएका छन् – माथिदेखि तलसम्म साँच्चिकै एउटा सुन्दर पत्र।”

अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासहरू ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपतिसँग भएका सहमतिविरुद्ध भएको भन्दै प्याङ्याङले आक्रोश व्यक्त गरेको छ।

किन अमेरिका -दक्षिण कोरिया सैन्य अभ्यास ?

दुई देशले गर्ने संयुक्त सैन्य अभ्यासको मुख्य भाग अगस्ट ११ मा सुरु हुनेछ। तर त्यसका लागि अतिसामान्य तयारी थालिएको छ।

ती अभ्यासहरू मुख्यत: कम्प्युटर सिम्युलेशनमा आधारित हुनेछन् र पहिला उत्तर कोरियाले उत्तेजनापूर्ण मान्ने गरेका अभ्यासभन्दा सामान्य हुनेछन्।

मङ्गलवार पनि उत्तर कोरियाले नयाँ प्रकारको छोटो दुरीको भन्ठानिएको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।

जुनमा दुई कोरियाको सीमामा अवस्थित असैनिकीकृत क्षेत्रमा ट्रम्प र किमले आकस्मिक भेट गरेपछि प्योङ्याङले पहिलो पटक जुलाई २५ मा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।

तीमध्ये एउटा झन्डै ६९० किलोमिटर पर पुगेको थियो। बिबिसि नेपाली






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution