स्वयम्भूमा मिलन लामा माथि गोलि प्रहार
काठमाडौँ – राजधानीको स्वयम्भूमा दिउँसो करीब पौने एक बजे चलेको गोलीमा घाइते हुने मिलन लामाले रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कासँग २ करोड मागेको खुलासा भएको छ ।
अपराध महाशाखाको टीमले चलाएको गोली लागेर लामा घाइते भएका छन् । घाइते लामालाई ट्रमा सेन्टरमा उपचारका लागि लागिएको छ ।
अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले गुण्डागर्दीको आरोपी लामाले लिखु गाउँपालिका अध्यक्ष खड्कासँग २ करोड माग गरेको बताए ।
लामाले आफूलाई २ करोड नदिए खड्काको छोरीलाई गोली हानेर मार्ने धम्की दिएका थिए । बारम्बार उक्त धम्की आउन थालेपछि खड्काले अपराध महाशाखाको सहयोग लिएका थिए ।
शुक्रवार दिउँसो लामालाई पक्राउ गर्ने क्रममा भागेपछि महाशाखाको टोलीले गोली चलाएको हो । स्वयम्भू नजिकै रहेको विजेश्वरीस्थित हाउजिङ एपार्टमेन्टमा चलेको गोली लामाको घुंडामा लागेको थियो ।लामासँगै प्रहरीले अमित तामाङलाई पनि गिरफ्तार गरेको छ ।
साउन २४, २०७६