आरक्षण बचाऔं आन्दोलन : उल्टो हिडेर प्रदर्शन

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको कर्मचारी भर्नाको विज्ञापनको विरोधमा आरक्षण बचाऔँ आन्दोलनले बुधबार उल्टो हिँडेर प्रदर्शन गरेको छ ।
माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म उल्टो हिँडेर प्रदर्शन गरेका हुन् ।
आयोगले जारी गरेको विज्ञापनमा समावेशी कोटा कटौती गरिएको भन्दै आरक्षण बचाऔं आन्दोलनले निरन्तर प्रदर्शन गर्दै आएको छ ।
लोकसेवा आयोगले उक्त विज्ञापनको परीक्षा लिइसके पनि आरक्षण बचाऔँ आन्दोलन निरन्तर आन्दोलन गरिरहेको छ ।
चौथो चरणको आन्दोलनपछि पनि सरकारले कुनै सुनुवाई नगरेमा संसद घेराउको कार्यक्रम गर्ने आरक्षण बचाऔँ आन्दोलनका मधेशी समन्वय समितिको संयोजक सरोज रायले बताए । उनीहरुले मंगलबार कालो पट्टी बाँधेर प्रदर्शन गरेका थिए/ अन लाइन खबर
२०७५ साउन २२