संसदमा राजेन्द्र महतोको प्रश्न, ‘मेरो नागरिकता खारेज भएको हो ?

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले ठेगाना नखुलाई आफ्नो नामको नागरिकता खारेज भएको भन्ने निर्णयप्रति आपत्ति जनाएका छन्।
साउन १६ गतेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज गरिएको निर्णय सुनाएका थिए। तर, खारेज गरिएका नागरिकताधनीको ठेगाना नखुलाएपछि समाचारहरुमा राजपाका सांसद राजेन्द्र महतोको नागरिकता खारेज भएको भन्ने आएपछि सोमबार बसेको प्रतिनिधिसभा बैठकमा महतोले आपत्ति जनाएका हुन्।
उनले मेरो नागरिकता खारेज गरेको हो भनी सरकारलाई प्रश्न समेत गरे।