हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

घरमा श्रीमती बाहिर प्रेम: जिवन तामाङ र मंगलीको शव झुण्डिएको अवस्थामा

भक्तपुर– घरमा २६ वर्षकी श्रीमती र २ वर्षकी छोरी । २१ वर्षका जिवन तामाङ्ग पेशाले सवारी चालकको काम गर्ने गर्दथे ।  जीवनकी श्रीमती रितु तामाङ २ वर्षयता कहिले सिन्धुपाल्चोक त कहिले काठमाडौं बस्दै आएकी थिइन् ।

श्रीमानको व्यवहार ठिक नलागेपछि उनले यहि साउन ११ गते महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिइन् ।  उनले दिएको उजुरीमा भनिएको छ, ‘मेरो श्रीमान अर्की केटीसँग लागेर मलाई बेवस्ता गर्दै आएकाले निजलाई झिकाई आवश्यक कारवाही गरी पाउ ।’

त्यसपछि प्रहरीले जीवनलाई बोलाएर छलफल गरेको थियो । जीवनले प्रहरीसँगको छलफलमा ‘अब रितुसँग नै बस्छु भन्ने’ प्रतिवद्धता समेत व्यक्त गरेका पनि थिए ।  उनले प्रहरीसँगको छलफलमा श्रीमती रितुलाई आवश्यक काजगपत्र बनाई दिने, रेखदेख गर्ने, खान लगाउन दिने लगायतका कुरा गर्ने भनेका थिए ।

प्रहरी वृत्तबाट निस्किएपछि जीवनले श्रीमती रितुलाई १ हजार रुपैयाँ दिएर कोठामा जाउ भन्दै आफु केही बेरमा आउने बताएको समेत रितुले प्रहरीलाई जानकारी दिएकी छिन् ।  तर मंगलबार बिहान घटनाले अर्कै मोड लियो । जीवन र मंगली घिसिङ्गको शव उनीहरु बस्दै आएको कोठामा फेला परेको छ ।

बोडेमा कोठा गरि बस्ने सिन्धुपाल्चोक जिल्ला बाह्रबिसेका २१ वर्षे जीवन र रामेछाप जिल्लाका बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगलीबीच प्रेम सम्बन्ध भएकाले सँगै बस्दै आएको अनुमान गरिएको छ ।  

घरमा श्रीमती हुदाँहुँदै बाहिर युवतीसँग प्रेम सम्बन्धको बारेमा बाहिर हल्ला भएपछि उनीहरुले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।  

महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले यो घटनाबारेमा अनुसन्धान भइरहेको बताएको रातोपाटिमा समाचार  छ |

| उनको अनुसार जीवनकी श्रीमती रितु तामाङ्गले केही दिन अगाडी आफ्नो श्रीमान अर्को युवतीसँग लागेर आफुलाई बेवास्ता गरेको भन्दै निवेदन दिएकी थिइन् ।  त्यसपछि प्रहरीले जिवनलाई बोलाएर रितुसँग छलफल गरेको र सोमबार जीवनले अब मंगलीसँग नबस्ने भन्दै प्रतिबद्धता समेत जनाएका थिए ।

प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक कोइरालाले दुई जनाको शव पोस्र्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र थप अनुसन्धान भइरहेको बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution