हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने – हेग लगिए म झन् हिरो हुन्छु

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूलाई हेग (अन्तर्राष्ट्रिय अदालत) लगिए आफू झन् विश्वभर चर्चित हुने दाबी गरेका छन् । उनले ललितपुरस्थित आफ्नो निवास खुमलटारमा सोमबार बिहान नेकपामा प्रवेश गरेका नेत्रविक्रम चन्द समूहका ८ नेता/कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो दाबी गरेका हुन् ।

‘हेग लगिएपनि मलाई केही फरक पर्ने छैन। हेग लगे भने त म झन् विश्वकै हिरो भएर निस्कन्छु, संसारभरिका जनताले मलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने छन्। त्यो त मेरो लागि गौरवको कुरा हुन्छ’ उनले भने, ‘तर मलाई लाग्दैन तिनीहरूले लान्छन् र विश्वको हिरो बनाउँछन् भनेर।’

नेकपा प्रवेश गरेका नेताहरूले सशस्त्रकालीन मानव अधिकार उल्लंघनका घटनामा तत्कालीन माओवादीका दाहालसहितका नेता तथा कार्यकर्तालाई अन्तर्राष्ट्रिय अदालतमा लगेर कारबाही हुन सक्ने खतरा अझै रहेको धारणा व्यक्त गरेका थिए। दाहालले त्यसको प्रत्युत्तर दिँदै कसैले पनि आफूलाई हेग लान नसक्ने दाबी गरेका हुन्।

उनले मुलुकमा परिवर्तनको नेतृत्व गरेका नेताहरूलाई सिध्याउन पाए लोकतान्त्रिक उपलब्धिलाई उल्टाउन सकिन्छ कि भनेर पश्चमागी तत्वले षडयन्त्र गरिरहेको दाबीसमेत गरे।

दाहालले चन्दको नेतृत्वमा केही मान्छे लाग्दैमा क्रान्ति हुन नसक्ने बताए। ‘दुई चार जना क्रान्ति गर्छौ भनेर लाग्दैमा क्रान्ति हुँदैन। क्रान्ति त लाखौं करोडौं जनताको व्यापक जनसहभागिताबाट मात्र सम्भव हुन्छ’ उनले भने।
उनले आफ्नो पार्टीको नेतृत्वमा क्रान्ति पूर्ण रूपमा सफल नभएपनि शक्ति सन्तुलन र विश्व परिस्थितिलाई विचार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिमा चित्त बुझाएको बताए। उनले संघीय लोकतान्त्रिक व्यवस्था रहँदासम्म अहिले नेतृत्वमा रहेकामध्ये कोही पनि कमजोर नहुने बताए।

उनले क्रान्तिका नाममा हिंसात्मक गतिविधि गर्दा संघीय लोकतान्त्रिक व्यवस्था कमजोर भई प्रतिक्रियावादीलाई फाइदा पुग्ने र मुलुकले दुःख पाउने उल्लेख गर्दै चन्द समूहले यसतर्फ सचेत हुन आग्रह गरेका थिए / कान्तिपुरबाट

प्रकाशित : श्रावण १३






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution