हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा स्व. बिपि कोइरालाको ३७ औं स्मृति दिवस भव्यताको साथ सम्पन्न

तेलअविव – नेपाली काङ्ग्रेस भातृ संगठन नेपाली जनसम्पर्क समिति इजरायलले महामानव स्वर्गीय बिपि कोइरालाको ३७ औं स्मृति दिवस साथै समितिको ऐतिहासिक तेश्रो वार्षिक स्थापना दिवस इजरायलको तेलअभिव याफोमा भव्यताका साथ सम्पन्न गरिएको  समितिका महामन्त्री राज छत्कुलीले जानकारी दिनु भएको छ।

कार्यक्रममा सभापतिको आसन ग्रहण संस्थाका सभापति खगेश्वर अधिकारीले गर्नु भएको थियो भने प्रमुख अतिथिमा संस्थाका प्रमुख सल्लाहकार डम्बर बहादुर गुरुङ रहेको थियो  | साथै अतिथिहरुमा संस्थाका सल्लाहकार ज्युहरु सुरेन्द्र प्रसाइ, अर्जुन पौडेल, भरत लामा, रमन अधिकारी रेहका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका संस्थापक नेता महामानव स्वर्गीय बिपि कोइराला ज्युको फोटोमा माल्यार्पण गरि नेपाली जनसम्पर्क समिति इजरायलको स्थापना दिवसको अवसरमा केक काटेर उद्घाटन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गान बजाएर रास्ट्र प्रति सम्मान गर्दै ज्ञात-अज्ञात शहिदहरुलाइ सम्झिदै १ मिनेट मौनधारणा गरिएको थियो ।

कार्यक्रमको सन्चालक संस्थाका महामन्त्री सुर्य रानाले गर्नु भएको थियो | त्यस्तै स्वागत मन्तव्य संस्थाकि उपसभापति नितु कार्कीले दिनु भएको थियो  ।

कार्यक्रममा सल्लाहकार सुरेन्द्र प्रसाईं , समाजसेवी नेहा गुरुङ , सहमहामन्त्रीहरु प्रभा घिमिरे , इन्दिरा सुवेदी , महामन्त्री राज छत्कुली, उपसभापति गौरी माया सुवेदी र संस्थाका प्रमुख सल्लाहकार डम्बर गुरुङले आ-आफ्नो महत्त्वपूर्ण मन्तब्य राख्नु भएको थियो ।

मन्तव्यमा वीपीले देखाउनुभएको समाजवादलाई  अगाल्दै देशमा सु-शासन, स्थायित्व अनि आर्थिक बिकासका लागि आगामी दिनहरुमा केन्द्रिय नेताहरुले पहल गर्नुपर्ने सुझाव सम्पूर्ण वक्ताहरुले राख्नुभएको थियो |

अन्त्यमा संस्थाका सभापति खगेश्वर अधिकारी ज्युले आफ्नो मन्तब्य राख्दै कार्यक्रम सकिएको घोषणा गर्दै सभा बिसर्जन गर्नु भएको थियो






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution