हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

बेलायतमा विश्व आदिवासी दिवसको अवसरमा नेपाली म्युजिक र फुड फेस्टिबल

लण्डन : नेपाल भ्रमण बर्ष २०२० लाई लक्ष्य गर्दै विश्व आदिवासी दिवसको अवसरमा लण्डनस्थित नेपाली म्युजिक र फुड फेस्टिबल आयोजना गरिएको छ।

नेपाली दूतावासको आयोजनामा शनिवार नेपाली म्युजिक र फुड फेस्टिबल आयोजना गरिएको हो । दुतावासको प्राङगणमा आयोजना गरिएको फस्टिबलमा आदिवासी जनजातिका भेषभुषा, खाना लगायतका विभिन्न सामग्रीहरु प्रर्दशनी गरिएको थियो । कार्यक्रममा विभिन्न जातजातिहरुको झाँकी र साँस्कृतिक गीत, नृत्यहरु प्रस्तुत गरिएको थियो ।

प्रकृति र संस्कृतिको देश नेपाल, सुन्दर र विविधताले भरिएको कारण जिवन्त र समृद्धिको खानी भएकाले समृद्धि र जीवन्त नेपाल निमार्णमा आदीवासी जनजातिको महत्वपूर्ण योगदान रहेकाले कार्यक्रम आयोजना गरिएको बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले बताए ।

‘नेपालको आदिवासी जनजातिहरुको संस्कृति मौलिक संस्कृति हो । नेपाल जनजातिहरुको संस्कार र सस्कृति सम्पति हो । आदिवासी जनजातिहरुको कला र संगीत नेपालको अभिन्न अंग हो । उनीहरुले प्रयोग गर्ने भाषा र भेषभुषा नेपालको नेपालका राष्ट्र भाषा हुन,’ राजदुत सेवेदीले भने ‘आदिवासी जनजातिहरुको खाना र परिकार मौलिक हुन । त्यसैले विविधता भित्रको बास्तविक सुन्दरता आदीवासी जनजातीहरुको समृद्धि र झल्को दिन यसले टेवा पुग्ने छ ।’

नेपाल विविध जाति भएको देश विविधताभित्र अनेकता रहेको बताउँदै उनले  अनेकताभित्र सबै नेपालीमा एकता पनि रहेको चर्चा गरे।

कार्यक्रमले नेपालमा पर्यटक भित्राउनका लागि महत्वपुर्ण योगदान दिने बताउँदै नेपाल आदिवासी जनजाति महासंघ बेलायतका संस्थापक अध्यक्ष थर्क रानाले यसबाट आदिवासी जनजातिहरुको संस्कार संस्कृति जीवन्त राख्न मद्दत पुग्ने बताए ।

विदेशमा यस्ता कार्यक्रम हुनुले संस्कार संस्कृति जीवन्त राख्दै यसबाट नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्न पनि सहयोग पुग्ने किरात राई यायोक्खा बेलायतका अध्यक्ष कल्पना राईले बताइन । नेपाल भ्रमण वर्ष २०२० लागि लक्षित कार्यक्रमलाई यसबाट ठुलो टेवा पुग्ने समेत राईले बताइन् ।

कार्यक्रममा विभिन्न देशका राजदुतहरुलाई समेत निम्ता दिइएको थियो । उनीहरुलाई आदीवासी जनजातिहरुको खाना र प्रर्दशनी गरिएको सामग्रीहरुलाई देखाइएको थियो । कार्यक्रममा नेपाली ख्यातीप्राप्त गायक दीप श्रेष्ठ लगायत अन्य गायक गायिकाहरुले आफ्ना प्रस्तुति दिएको थिए । कार्यक्रममा चर्चित नायिका दीया पुनको समेत उपस्थिति थियो । किरण राई /थाहखबर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution