हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

लोक सेवाको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? भनसुन नगरे फेल भइन्छ : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरू भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरू’ कथा संग्रह लोर्कापण कार्यक्रमा सभापति देउवाले नेपालमा सबै भन्दा ठूलो उद्योगको रूपमा भनसुन उद्योग फस्टाउँदै गएको बताएका हुन्।

लोक सेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको दाबी उनले गरे।

उनले भने, ‘नेपालमा भनसुन उद्योग सुरू भइसक्यो। सबभन्दा ठूलो उद्योग भनेको भनसुन उद्योग हो। जसको भनसुन हुन्छ उसको चल्छ। लोक सेवा आयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? भनसुन गर्ने मान्छे छैन भने फेल गर्दिन्छन्।’

उनले निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको, दण्डहीनता र हिंसाका घटनाहरू बढ्दै गएको, भ्रष्टाचारलगायत सुशासन कायम हुन नसकेकाले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको बताए।

कार्यक्रममा सक्षम नेता भएर पनि गुरु घिमिरेलाई पार्टी नेतृत्वले संरक्षण गर्न नसकेको विषयमा शिर्ष नेताहरूबीच बहस नै चल्यो।

महामन्त्री शशांक कोइरालाले नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै साहित्यमा ९० र राजनीतिमा १० प्रतिशत समय दिन सुझाव दिएपछि सभापति देउवाले अबदेखि अन्याय हुन नदिने प्रतिवद्धता नै गरे।

वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा भोग्नु परेको असफलताले साहित्यमा सफलता प्रदान गरेको भन्दै सबै घटनालाई सकारात्मक लिन आग्रह गरे।

महामन्त्री कोइरालाले भने, ‘गुरुराज जी तपाईंलाई सेभ गर्ने नेतृत्व भएन। न मैले सकेँ। न शेरबहादुर जी ले सक्नुभो। न रामचन्द्र दाईले सक्नु भो। उहाँ त चुनावमा लड्ने मान्छे हो । तर उहाँले टिकट पाउनुभएन। किनभने हामीले उहाँलाई संरक्षण दिन सकेनौं। त्यसैले म के भन्न चाहन्छु भने ९० प्रतिशत साहित्यकार हुनु १० प्रतिशत मात्रै राजनीति गर्नू।’

महामन्त्री कोइरालाले नेतृत्वले संरक्षण गर्न नसकेको भन्दै ९० प्रतिशत साहित्यलाई र १० प्रतिशत मात्रै राजनीतिलाई दिन सुझाव दिएपछि कार्यक्रम हाँसोले गुञ्जायमान बनेको थियो। लगत्तै बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा पाएको ठक्करले प्रतिभा प्रस्फुटन भएको टिप्पणी गरे।

उनले भने, ‘विशेष प्रकारका घटनाहरूको संघारबाट प्रतिभाको प्रस्फुटन हुन्छ। उहाँलाई पनि निर्णयको घटनाको संघारबाट प्रतिभा प्रस्फुटन भएको हो। कहिलेकाहीँ नराम्रो कुराले पनि राम्रो हुने गर्छ।’

सभापति देउवाले त नेता घिमिरेलाई अन्याय नभएको स्वीकारै गरे।

उनले भने, ‘वास्तवमा अन्याय भएको छ। एउटा सिट हुन्छ। ५० जना चाहन्छन्। कसरी हुन्छ ? राजनीतिबाट टाढा नरहनू। अब अन्याय नगर्ने किसिमले जाउला। राजनीति र साहित्यलाई सँगसँगै लैजानुहोस्।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution