हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

गाँजासँग जोडिएको अर्थतन्त्र : एसियामा ८ अर्ब डलरको व्यापार सम्भावना, नेपालमा कस्तो छ अवस्था ?

काठमाडौं : पछिल्लो समय अन्तर्राष्ट्रिय जगतमा गाँजाको वैधानिक प्रयोग बढ्दो क्रममा देखिएको छ । गाँजाको औषधीय गुणको खोजी तथा व्यापारिक र मानोरञ्जनात्मक प्रयोगका लागि पनि गाँजाले गाँजाले वैधानिकता पाउन थालेको छ । यसअघि अधिकतर देशमा अवैधानिक रहेको गाँजा पछिल्लो समय औषधीय गुणका कारण वैधानिक बन्दै गएको छ । अर्कोतर्फ, कतिपयका लागि यो उत्तम नगदेबालीको रुपमा पनि आएको छ । हुन पनि गाँजाको प्रयोग बहुआयामिक छ । गाँजाको बोटबाट लत्ताकपडा बनाउने फाइबरदेखि तेलसम्म उत्पादन गर्न सकिन्छ । यस्तै, विभिन्न रोगको उपचारका लागि पनि गाँजाको प्रयोग गर्ने गरिएको छ ।

युरोप, अमेरिकालगायत देशहरुमा गाँजाको वैधानिक प्रयोग बढ्न थालेको छ । नेदरल्यान्डमा सन् १९७६ देखि नै कफि पसलहरुमा गाँजालाई मनोरञ्जनको साधनका रुपमा प्रयोग गर्न छुट दिइएको थियो । सन् २०१२ मा उरुग्वेका राष्ट्रपति होजे अल्बर्टो मुजिका कोर्डानोले गाँजालाई सरकारी नियन्त्रण र नियमनमा बिक्री गरिने घोषणा गरेपछि भने यसको वैधानिकीकरणले झन चर्चा बटुल्यो । उनले उरुग्वेमा बढ्दो रसायनिक ड्रग्सको प्रयोग र यसले निम्त्याएको अपराधलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यले उक्त घोषणा गरेका थिए । त्यसबेला गाँजालाई बैधानिक बनाउन अन्य राष्ट्रलाई पनि आग्रह गर्ने उरुग्वे सरकारले बताएको थियो । उरुग्वे सरकारको त्यस निर्णयलाई ल्याटिन अमेरिकाका चर्चित लेखक, राजनीतिज्ञ तथा पत्रकार र सन् २०१० मा साहित्यतर्फ नोबेल पुरस्कार जितेका मारियो भर्गास लोसाले पनि समर्थन जनाएका थिए ।

पछिल्लो समय युरोप, अमेरिका, अस्ट्रेलिया तथा ल्याटिन अमेरिकाका केही देशमा सरकारले नै गाँजा खेती नियमन गर्दै आएको छ । अहिले संयुक्त राज्य अमेरिकाको अधिकांश राज्यमा कुनै न कुनै रुपमा गाँजाको प्रयोग वैधानिक बनाइएको छ ।

एसियाली बजारमा ८ अर्ब ५० करोड अमेरिकीको व्यापार सम्भावना, प्रमुख निर्यातकर्ता थाइल्यान्ड बन्ने

यता, एसियामा पनि गाँजाको व्यापार बढ्दो क्रममा रहेको अनुुसन्धानले देखाएको छ । एसियाली बजारमा सन् २०२४ सम्म गाँजाको व्यापार ८ अर्ब ५० करोड अमेरिकी डलरसम्म बढ्ने अनुमान गरिएको छ । सुन्दा आश्चर्य लाग्न सक्छ, तर गाँजाको यो सम्भावित बजार धान्नका अहिले कुन राष्ट्रले नेतृत्व लिन्छ भन्ने प्रश्न अघि आएको छ । एसियाली बजारमा गाँजाको प्रमुख निर्यातकर्ताको रुपमा थाइल्यान्ड अघि आउने देखिएको छ ।

यद्यपि यसको अबैध कारोबारले १५ वर्ष सम्मको जेल सजाय र ठूलो जारिवानासम्म दिनु पर्ने कानुन व्यवस्था रहको छ । तर मेडिकल प्रयोजनका लागि गाँजा बैधानिकिकरण गर्ने थाइल्यान्ड पहिलो एसियन मुलुक हो । गाँजाको बजार बढ्दै गर्दा थाइल्यान्डले यसको फाइदा उठाउँदै गाँजा क्षेत्रको राजधानी बनाउन खोज्दैछ । तैपनी, यो राजधानी दावी गर्न यसको प्रयोग मनोरञ्जनका लागि मात्र भनरे कानुनी व्यवस्थामा छिटो छिटो जानु पर्ने देखिन्छ । अन्य छिमेकी देशहरुले मेडिकल प्रयोजनका लागि गाँजाको कानुनी व्यावस्था बनाउने प्रक्रियामा जाँदैछन् ।

गत वर्ष थाइल्याडका प्रधानमन्त्री प्रायुथ चयानओछाले मेडिकल प्रयोजनका लागि गाँजा वैधानिक गरेका थिए । उनको गठबन्धनका एक प्रमुख सदस्यले गाँजालाई थाइल्याड बजारमा पूर्ण बैधानिकीकरण गर्न लागिपरेका छन् । गाँजा बारे अनुसन्धान गर्ने एक संस्थाले ५ वर्ष भित्र ६६ करोड १० लाख डलरको व्यापार बढ्ने अनुमान गरेको छ । मलेसिया र लाओसले औषधी प्रयोजनका लागि गाँजा खेती गर्ने बारे विचार गरिरहेका छन् । यस्तै, फिलिपिन्सको तल्लो सदनले पनि औषधी प्रयोजनका लागि प्रयोग गर्ने पारित गरिसकेको छ । एसियामा थाइल्याड गाँजाको राजधानी बन्नका लागि चिन र जापानले बैधानिक गर्नु पर्ने विश्लेषकहरुले जनाएका छन् ।

चिन र जापानमा गाँजा व्यापारका लागि ठूलो बजार भएता पनि त्यहाँ गैरकानुनी मानिन्छ । गाँजा बिक्री गर्न कुनै पनि कानुनी प्रावधान छैन यी मुलुकमा । गाँजाको व्यापारका लागि एसियाका यी दुई मूलुक मुख्य बजार हुन सक्नेछन् । ठूलो उपभोक्ता रहेको चिनमा करिब ४.४ अर्ब डलर र जापानमा २.१ अर्ब डलरको व्यापार हुने प्रक्षेपण पनि गरिएको छ । अहिले एक ग्राम गाँजालाई अधिकतम ५३ डलरसम्म खरिद गर्ने गरेको संयुक्त राष्ट्र कार्यालयको ड्रग्स र अपराध महाशाखाले जनाएको छ ।

यदी कानुन परिवर्तन भएको खण्डमा थाइल्याडले परम्परागत उपचार वा औषधी प्रयोजनका लागि चिन र जापानलाई निर्यात गर्न सक्छ । दक्षिण क।ेरिया र अस्ट्रेलियाले औषधि प्रयोगको लागि गाँजा निर्यात र आयाता गर्न थालिसकेका छन् । एसियाली बजारमा गाह्रो भएता पनि आगामी ५ देखि १० वर्ष भित्र उत्तर अमेरिकालाई पछि पार्न सक्ने बे्रन आर्मस्ट्रङ्ग, क्यनाडियन एग्रिकल्चर ट्रेडिङ्ग कम्पनीका सीइओले बताए ।

के छ त नेपालको अवस्था ?

संयुक्त राज्य अमेरिकाका केही राज्य, क्यानडा र थाईल्यान्ड आदि देशमा कानुनी दायरामा ल्याएर गाँजाको व्यावसायिक खेती हुने गरेको उदाहरण दिँदै सांसद विरोध खतिवडाले गत फागुनमा नेपालले पनि उनीहरूको अनुसरण गरेर आर्थिक लाभ लिनुपर्ने तर्क संसदमा उठाएका थिए । नेपालको धेरै क्षेत्रमा गाँजा प्राकृतिक रूपमा नै उम्रिन्छ । औषधीय गुण भएको प्रमाणित भइसकेको यो वनस्पतिलाई परम्परागत रूपमा औषधिमा पनि प्रयोग गरिन्छ । कतैकतै यसको दाना भुटेर त्यसको छोप वा अचार बनाएर खाने चलन पनि छ । वैज्ञानिकहरूले गाँजामा हुने विभिन्न यौगिकबारे अनुसन्धान गरेर क्यान्सर एवम् अरू रोगमा उपचार गर्ने औषधि बनाएका छन् । त्यसका लागि केही देशमा गाँजा खेतीलाई कानुनी मान्यता पनि दिइएको छ ।

नेपालले विश्वयुद्धका बेला गाँजाबाटै बनाइएका झाडापखलाको औषधि निर्यात गरेको थियो । सिंहदरबार वैद्यखानाले अहिले पनि त्यस्ता औषधीहरू बनाउने गरेको छ । विश्व बजारमा गाँजाबाट एक निद्रासम्बन्धी रोगको उपचारमा पनि गाँजा प्रयोग हुदै आएको छ ।

सन् १९७० को पूर्वार्धसम्म नेपालमा गाँजा खेती र व्यापार वैधानिक थियो। नेपालबाट ठूलो परिमाणमा गाँजा र चरेस निर्यात हुन्थ्यो। त्यसमा साना व्यापारी मात्र हैन समाजका गन्यमान्य व्यक्ति र ठूला व्यापारी पनि संलग्न हुन्थे। नेपालले प्रत्यक्ष र परोक्ष दुवै रूपमा केही न केही फाइदा पाएकै थियो।  सन् १९६० र सन् १९७० को दशकमा नेपालमा फैलिएको हिप्पी संस्कृतिलाई धेरैले नेपालको सौन्दर्यबाहेक गाँजाको सहज उपलब्धतासँग जोडेर हेर्ने गरेका छन् । हिन्दी चलचित्र ’हरे राम हरे कृष्ण’मा पनि त्यस्तै देखाइएको छ।

सामाजिक सञ्जालमा पनि गाँजाबारे बहस हुने गरेको छ । धेरैले यसलाई सकारात्मक मानेका छन् । तर कतै गाँजा खेतीलाई वैधानिकता दिने कुरा उठाएर भोटको राजनीति हुन खोजेको हो कि भन्ने शङ्का पनि व्यक्त गरिएको छ ।

के भन्छ नेपालको कानुन ?

संयुक्त राष्ट्रसंघले सन् १९६१ मा ’द सिङ्गल कन्भेन्शन अन नार्को्टिक ड्रग्स १९६१’ पारित ग‍र्याे । त्यसमा गाँजालाई पनि अफिमजस्तै कडा खालको लागुऔषध मान्दै प्रतिबन्ध लगाउनुपर्ने प्रावधान छ । नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो ।

त्यसमा गाँजाको खेती, भण्डारण, सेवन र बिक्रीवितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो। पाँचचोटि संशोधन भइसकेको सो ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ । उक्त ऐनअनुसार ५० ग्रामसम्म गाँजा राखे तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

तर त्यसले नेपालमा गाँजा खेती र तस्करी रोक्न सकेको छैन । बेलाबेलामा प्रहरीले गाँजा र चरेस बरामद गरिराख्छ । यद्यपि गाँजा बरामद हुने क्रम भने घटेको छ । सन् २०१३ मा २३ हजार किलो गाँजा समातिएको थियो भने सन् २०१८ मा ३५ सय किलोसम्म समातिएको छ । रोचक के छ भने नेपालमा गाँजा भित्रिएको उल्लेख्य घटना भेटिएको छैन, तर नेपालबाट बाहिर तस्करी भएका घटना भने धेरै छन् ।

नेपालमा कतिले सेवन गर्छन् गाँजा?

नेपाल सरकारले छ वर्षअघि गरेको लागुऔषध प्रयोगकर्तासम्बन्धी सर्वेक्षणमा झन्डै ९१ हजारले विभिन्न किसिमका लागुपदार्थ सेवन गर्ने गरेको देखिएको थियो । तर सो सर्वेक्षणमा गाँजालाई समावेश गरिएको थिएन । यसै वर्ष सुरु हुन लागेको सर्वेक्षणमा त्यसलाई गाँजालाई समावेश गर्न लागिएको नेपाली प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले बताएको छ ।

अन्य लागुऔषध प्रयोगकर्ताले गाँजा पनि प्रयोग गर्ने पाइएको बनाइन्छ । प्रहरीका अनुसार सुधार केन्द्र जाने दुर्व्यसनीहरूमा १०% जतिले गाँजा मात्र सेवन गर्ने गरेको प्रहरीको भनाइ छ । वि सं २०६९ मा भएको सो सर्वेक्षणमा तीनको वार्षिक वृद्धिदर ११.३६% भएकाले अहिलेकै अवस्थामा गाँजा खेतीलाई वैधानिक मान्यता दिन त्यति सजिलो देखिँदैन ।

बीबीसी नेपाली’ बाट साभार






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution