हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

आरक्षणको मुद्दामा मधेशी दल गम्भीर नभएको सिके लालको आरोप

काठमाडौं–राजनीतिक विश्लेषक सिके लालले मधेश केन्द्रीत दलहरु आरक्षण बचाउ आन्दोलनका लागि गम्भीर नरहेको आरोप लगाएका छन् । 

 विगतमा आरक्षणका लागि मधेशवादी दलले आन्दोलन गरे पनि हाल त्यसको बचाउका लागि चासो नदिएको उनको आरोप छ । 

लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनको विरुद्धमा शुरु भएको आरक्षण बचाउ आनदोलनको कार्यक्रममा शनिवार बोल्दै उनले भने, ‘मधेसी समूदायकै सामान्य प्रशासन मन्त्री छन् । तर  तिनैलाई प्रयोग गरेर एकल जातीय प्रकारको विज्ञापन गर्न लगाइएको छ ।’ कार्यपालिकाले लोकसेवा आयोगलाई हतियार बनाएको आरोप लगाउँदै विश्लेषक लालले आयोगले प्रकाशन गरेको विज्ञापनले मधेशका एकपुस्ता नराम्ररी प्रभावित भएको टिप्पणी गरे । 

‘पिछडिएका समुदायलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ, स्थिति गम्भीर छ’ उनले भने ।  तर यसको बारेमा कोही पनि नबोलेको उनको आरोप छ । सत्ताधारी राजनीतिक दलमा पनि आदिवासी, मधेशी, दलितहरु भएपनि आफू कसरी सुरक्षित रहने भन्ने चिन्ताले उनीहरु नबोलेको विश्लेषक लालको दावी छ । 

प्रतिपक्षी दल काँग्रेस पनि आरक्षणको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा स्वीकार नगरेको उनले गुनासो गरे । 

मधेशवादी दलले आआफ्नो पार्टीको नामबाट मधेश शब्द हटाएकोमा पनि उनले आक्रोश व्यक्त गरे ।  ‘राजनीतिक मधेशमा गर्ने अनि के जाती समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नाम राखेका छन्’ उनले भने, ‘ मधेशी दलले पनि यसलाई राजनीतिक मुद्दा बनाएका छैनन् ।’

 आरक्षण मुद्दा प्रशासनिक मुद्दा मात्रै नभई राजनीतिक मुद्दा पनि भएको भन्दै उनले तर यसलाई मधेशवादी दलले नबुझेको टिप्पणी गरे । 

अर्का राजनीतिक विश्लेषक तुलानारायण साहले मधेशवादी दलले षड्यन्त्रपूर्वक ढंगले आरक्षण आन्दोलनलाई स्वीकार नगरेको टिप्पणी गरे । 

‘मधेशमा मधेशी जनता मरिरहेको बेला ती नेताहरु सिंहदरवारमा कलम थापासँग बसेर चिया बिस्कुट खाँदै वार्ता गरिरहेका थिए । आज आरक्षण आन्दोलनमा पनि त्यस्तै व्यवहार देखाइएको छ’, उनले भने ।  मधेशवादी दलको भरमा यो आन्दोलन अगाडि बढ्न नसक्ने बताउँदै उनले यसका लागि नयाँ ढंगको आन्दोलन गर्नुपर्ने सुझाव दिए । 

आदिवासी जनजातिका अगुवा ओम गुरुङले मधेशीहरुमा एकता नभएको कारण यो आन्दोलन अगाडि नबढेको बताए । मधेशवादी दलहरु सत्ताको वरिपरी घुमिरहको टिप्पणी गर्दै उनले संविधान संशोधनको बहाना बनाएर एउटा दल सत्तामा बसेको र अर्को दल पनि बहानाको खोजीमा रहेको टिप्पणी गरे । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता सुरेश आलेमगरले सबैको बीचमा समन्वय गरेर आन्दोलन अगाडि बढाउनुपर्ने धारणा राखेको रातोपाटिमा समाचार छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution