हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

बुद्ध मूर्ति तोडफोड गर्नेलाई छिटो पक्राउ गर्न निर्देशन

बुटवल । रुपन्देहीको तिलोत्तमामा बुद्ध मूर्ति तोडफोड गरिएको घटनाप्रति प्रदेश सरकारले चासो देखाएको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जिल्लाका सुरक्षा निकाय र प्रशासनका प्रमुखलाई बोलाएर बुद्ध मूर्ति तोडफोडमा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याई कारवाही गर्न निर्देशन दिएका हुन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापा, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक बसन्त बोगटी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नविन अधिकारीलाई मन्त्रालयमा बोलाएर उनले बुद्ध मूर्ति तोडफोडको घटनालाई गम्भिर रुपमा लिएर छिटो कानूनी दायरामा ल्याउन आग्रह गरेका हुन् ।

घटनाले शान्तिपि्रय जनताको भावनामा चोट पुग्नका साथै बुद्धको जन्मभूमिबारे विश्वभर नकारात्मक सन्देश फैलाउने प्रयास भएको उनले बताए । मन्त्री गिरीले दोषी पत्ता लगाउन ढिला हुँदा धार्मिक सदभावमा असर पुग्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जानेतर्फ संवेदनशील बन्न आग्रह गरे ।

लुम्बिनी भ्रमण बर्ष २०७६ का अवसरमा तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको मुख्य डिभाइडरमा तीनसय मिटर दुरीको अन्तरमा स्थापना गरेका २२ वटा बुद्धका मूर्ति राखिएको थियो ।

जसमध्ये नयाँमिलदेखि शंकरनगरसम्म राखिएका बुद्ध मुर्तिहरु बुधबार राति अज्ञात समूहले तोडफोड गरेको थियो ।

घटनाको चौतर्फी विरोध भइरहेको छ । शुक्रबार बौद्ध धर्मावलम्बी संघसंस्थाले घटनाको विरोध र सामाजिक तथा धार्मिक सद्भावको आव्हान गर्दै मणिग्राममा र्‍याली निकालेका छन् ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको छ ।

टोलीले बिहीबारबाटै काम थालेको समाचार अनलाइनखबरमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution